Comments Add Comment

कान्छो छोरा बनाई भारतीय नागरिकलाई नागरिकता दिने महिला पक्राउ

१२ जेठ, अर्घाखाँची । आफ्नो कान्छो छोरा भनी सुरज भट्टराईको नाममा भारतीय नागरिकलाई नेपाली नागरिकता प्रदान गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

nagariktaभारतीय युवालाई कान्छो छोरा भनी कीर्ते नागरिकता प्रदान गरेको आरोपमा हंसपुर–८ निवासी ६० वर्षीया हिमकला भट्टराईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताए ।

जसले नागरिकताका लागि कान्छो छोरा भनी सिफारिस गर्यो, उनैको छोरी भगाएर फरार भएपछि थाहा भयो कि उनी भारतीय नागरिक रहेछन् ।

छोरीसमेत भगाएर नागरिकता लिएर फरार भएको थाहा पाएपछि गाविस सचिव कमल पोख्रेलले नै कीर्ते गरी नागरिकता लगेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गर्दै उजुरी गरेका थिए ।

गाविस सचिवको उजुरीका आधारमा महिलालाई पक्राउ गरेको प्रहरीको भनाइ छ । कीर्ते गरी नागरिकता लिएर भागेका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment