Comments Add Comment

विप्लव माओवादीका नेता विश्वकर्माद्वारा पार्टी परित्याग

१४ जेठ, काठमाडौं । नेकपा माओवादी विप्लव समूहका नेता तथा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य पदम विश्वकर्माले पार्टी परित्याग गरेका छन् ।

Padam-BKपार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि ब्यक्त गर्दै नेता विश्वकर्माले शुक्रबारदेखि पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले पार्टी नेतृत्वलाई सम्बोधन गरेर बुझाएको राजीनामा पत्रमा विप्लव माओवादी चरम संकिर्णतावाद, गुटवाद, अर्थवाद, छद्म अवसरवाद र अलगाववादी चिन्तन प्रवृत्ति हावी भएको आरोप लगाएका छन् ।

त्यस्तै पार्टीमा वाक स्वतन्त्रतामाथी लगाम लगाइएको भन्दै आफूजस्ता कार्यकर्ताले बोल्ने र आफ्नो कुरा राख्न निषेध गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टीको सुधार हुने अपेक्षा गरेपनि सिद्धान्त र व्यवहारबीचको गहिरो अन्तरविरोधका कारण पार्टीभित्र भावनात्मक पक्ष निकै कमजोर हुँदै गएको महशुस गरेर राजीनामा दिएको उनले खुलाएका छन् ।

उनले राजीनामा पत्रमा भनेका छन्, ‘तमाम उत्पीडित वर्ग र समुदायको मुद्दा र महत्वलाई उपेक्षा गर्ने पार्टी क्रान्तिकारी पार्टी हुन सक्दैन भन्ने निश्कर्षका साथ यो राजीनामा पेश गरेको छु ।’

साथै तमाम उत्पीडित वर्गको सत्ता निर्माण गर्ने काम एक-दुईजना पात्रबाट सम्भव नभएको निश्कर्ष निकाल्दै नेता विश्वकर्माले राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनताका आधारभूत मुद्दाहरु समाधान गर्न र श्रमजीवीवर्गको सत्ता निर्माण गर्नका लागि देशभक्त, बामपन्थी, कम्युनिस्ट माओवादीहरुको बृहत एकता र सहकार्य आवश्यक रहेको महशुस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment