Comments Add Comment

इन्धनमा जताततै ठगी

oil tanker१५ जेठ, काठमाडौं ।  इन्धन बोक्ने ट्यांकरमा कति तेल अटाउँछ भनेर गरिने मापन (क्यालिब्रेसन)बाटै ठगी धन्दा सुरु हुन्छ ।

सरकारका तर्फबाट आयल निगम प्रतिनिधि र ढुवानी व्यवसायीका तर्फबाट ट्यांकरचालकको उपस्थितिमा भारत सरकारबाट इजाजत प्राप्त निजी कम्पनीले ट्यांकरको क्यालिब्रेसन गर्ने गरेको छ ।

अहिले डिप रडका आधारमा ट्यांकरमा कति तेल अटाउँछ भनेर क्यालिब्रेसन हुन्छ । जस्तो–एउटा च्याम्बरमा १३४ सेन्टिमिटरबराबर उचाइमा ४ हजार लिटर तेल हुन्छ । तर, मिलेमतोमा १३० सेन्टिमिटर उचाइमै ४ हजार लिटर तेल हुने प्रमाणपत्र तयार गरिन्छ ।

एक सेन्टिमिटरमा औसतमा १० लिटर तेल हुने भएकाले चार सेन्टिमिटर कम उचाइ तोकिँदा ४० लिटर तेल गायब गर्न सकिन्छ । आइओसीको डिपोले झिक्छ ट्यांकरको गलत क्यालिब्रेसनबारे भारतीय आयल कर्पोरेसन (आइओसी)को प्रत्येक डिपोमा कार्यरत कर्मचारीलाई थाहा छ ।

क्यालिब्रेसनबाट बढी भएको तेल नेपाली पक्षले आयल निगमको डिपो नपुग्दै बाटोमै चोरी गर्ने विषयमा उनीहरू जानकार छन् । त्यसैले डिपोका कर्मचारीले तेल भर्ने क्रममा चालक वा निगम कर्मचारीले नदेख्ने गरी थोरै परिमाण झिकिदिने गरेको एक ढुवानी व्यवसायीले बताए ।

चालकले पनि बीचबाटोमा तेल झिक्ने भएकाले आइओसीबाट कम तेल आउँदा कुनै प्रतिकार गर्दैनन् । ‘सबै ट्यांकरमा त होइन, तर तेल भर्ने क्रममा चालक वा निगमका कर्मचारीले निरीक्षण नगरेको मौका पारेर आइओसीको डिपोले केही ट्यांकरमा कम तेल हालिदिन्छन्,’ स्रोत भन्छ, ‘यो भनेको ठगी गरेको परिमाणबाट डिपोको कर्मचारीले भाग खोज्नु हो । तर, उनीहरूले अत्यन्तै कम परिमाण झिक्ने गरेका छन् । यसमा आइओसी उच्च व्यवस्थापनको खासै संलग्नता देखिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment