Comments Add Comment

यस्तो छ ओली सरकारको रेल गुडाउने योजना

काठमाडौंमा ७८ किमी रेलमार्गको डीपीआर बनाइने

bishnu-poudel

१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्षको बजेटमा नेपालका विभिन्न ठाउँमा रेलमार्ग विस्तारमा जोड दिएको छ ।

पूर्व-पश्चिम रेलमार्गको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण सुरु गरिने बजेटमा उल्लेख गरिएको छ ।

त्यस्तै, चीनको केरुङबाट रसुवागढी हुँदै काठमाडौं, पोखरा र लुम्बिनीसम्म जोड्ने रेलमार्ग निर्माणका लागि दुई वर्षभित्र डीपीआर तयार गरिने भएको छ ।

काठमाडौं उपत्यकामा ७८ किलोमिटर लामो मेट्रो रेलको डीपीआर तयार गरी निर्माण कार्य अगाडि बढाइने भएको छ । यसका लागि आवश्यक स्रोत साधनको व्यवस्था गरिने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा बताए ।

त्यसैगरी बर्दिया-सिमरा रेलमार्ग, बर्दिबास-काँकडभिट्टा, बुटवल-गड्डाचौकी रेलमार्गको विस्तृत प्रतिवेदन तयार गरिने सरकारले घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment