१६ जेठ, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अर्थमन्त्री विष्णु पौडेलद्वारा पेस गरिएको बजेज केही सकारात्मक र केही नकारात्मक भनी टिप्पणी गरेका छन् ।
उनले सामाजिक सुरक्षा भत्ता बढाउनु सकारात्मक रहेको तर सांसद कोषको रकम बढाउनु दःखद भएको बताएको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।
सरकार परिवर्तन भए पनि राम्रो सुरुवात गरेको थियौं भन्ने ढंगले केही कार्यक्रम राम्रौ र महत्वकांक्षी पनि ल्याइएको छ । केही अन्तरविरोधी प्रकृतिका पनि छन्, पूर्वप्रधानमन्त्री समते रहेका उनले भने, मसँग परामर्श लिँदा मैले भनेको थिएँ पूर्वाधारमा जोड दिनुपर्छ भनेर । पूर्वाधारका क्षेत्रमा रहेका कार्यक्रमहरु सकारात्मक नै छन् । सामाजिक भत्ता बढाउनु पनि सकारात्मक नै छ ।
तर सांसदको रकम बढाइएको छ जुन अधिल्ला वर्षमा पनि दुरुपयोग भइरहको छ । त्यो चाँहि सांसदलाई खुसी पार्न र सरकार टिकाउने खेल हो । त्यो बेठीक भयो उनले भने । पूर्वलडाकुलार्य निद बाँकी रहेको पैसा दिने कार्यक्रमको पनि उनले स्वागत गरे ।
प्रतिक्रिया 4