Comments Add Comment

कांग्रेसको विरोधका कारण संसद बैठक आधा घण्टा स्थगित

Parliyament-Buliding-of-Nepal१७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण व्यवस्थापिका संसदको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

सोमबार बिहान बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले अर्थमन्त्री विष्णु पौडेललाई कारवाही हुनुपर्ने माग गरेका थिए । सभामुख ओनसरी घर्तीमगरले सोमबारको बैठक सुरु गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसी मोर्चाका सांसदहरु उँभिएर विरोध जनाएका थिए ।

त्यसपछि बोल्ने अवसर पाएका पूर्व अर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद रामशरण महतले बजेटको गोपनियता चुहिएकोबारे निष्पक्ष छानबिन गर्न माग गरे । छानविन नभएसम्म सदनको कारबाही अघि बढ्न नदिने उनले बताए । सदनमा पेश गर्नुपहिले नै बजेट सार्बजनिक गरेर अर्थमन्त्रीले संसदको विशेषाधिकार माथि मानहानी गरेको महतले आरोप लगाए ।

सदनमा बजेट प्रस्तुत हुनुभन्दा अघि नै त्यसका गोप्य सूचना एक दैनिक पत्रिकामा छापिएको भन्दै कांग्रेसले अर्थमन्त्रीमाथि कारवाहीको माग गरेको छ ।

त्यसरी आर्थिक सूचनाहरु बजेट घोषणा अगावै बाहिर चुहिँदा आर्थिक अनुशासन उल्लंघन भएको र कर छल्नेहरुलाई सजिलो भएको कांग्रेस सांसदको आरोप छ ।

कांग्रेसको विरोधपछि सभामुुखले बैठक आधा घण्टाका लाथि स्थगित भएको घोषणा गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment