+
+

सांसद विकास कोषका लागि विनियोजित रकम अनावश्यक: नेपाल

'माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि'

रासस रासस
२०७३ जेठ १७ गते १२:४०

१७ जेठ, पोखरा । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि भएको बताएका छन् ।

Madhav-Nepalप्रेस चौतारी नेपालद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले संविधानको कार्यान्वयन, राष्ट्रिय आवश्यकता एवम् चुनौतीको सामना गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको र त्यसका लागि नेकपा (एमाले) तयार रहेको बताए । सङ्क्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

सरकारले प्रस्तुत गरेको बजेट जनमुखी भएको उल्लेख गर्दै उनले यसले नेपाली जनतामा आशा जगाएको बताए ।  कृषि, ऊर्जा र औषधोपचारलाई बजेटमा प्राथमिकता दिइएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले देशको समग्र विकासका लागि एकद्वार नीतिलाई अवलम्बन गरी अघि बढ्नुपर्ने धारणा राखे ।

सांसद विकास कोषका लागि विनियोजित रकम भने आवश्यक नभएको उनको तर्क छ । राष्ट्रिय परिचयपत्र र गरिब पहिचान परिचयपत्र वितरण कार्यलाई अघि बढाउन सके त्यसले राष्ट्रियतालाई थप मजबुत बनाउने र नागरिकताको विवाद अन्त्य गर्ने उनको भनाइ छ ।

सरकारलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण तयार गरिनुपर्ने बताउँदै उनले काममा कसैले बदमासी गर्छ भने त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए ।

राजनीतिक क्रान्तिको अगुवाइ गरेको नेकपा (एमाले)ले आर्थिक क्रान्तिको पनि अगुवाइ गर्नसक्ने बताउँदै उनले योग्यता क्षमताको मूल्याङ्कन गर्दै पार्टीमा अधिकतम सल्लाह गरी अघि बढ्नुपर्ने धारणा राखे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?