Comments Add Comment

नेपाली युवती भारतमा बलात्कृत

Rape१९ जेठ, काठमाडौं । एक नेपाली युवती भारतको कोलकत्तामा बलात्कृत भएकी छिन् ।

आइतबार राति बाटो बिराएर गन्तब्यमा पुग्न नसकेकी २५ वर्षीय युवतीलाई ४ जनाको युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको आजको नेपाल समाचारपत्रमा समाचार छ ।

युवतीले बाटो अलमलिएपछि कारमार्फत एक कफिसपसम्म लिफ्ट दिने बताएका ४ जना युवाले तीब्र गतिमा कार हुँइक्याउँदै केही टाढा लगेर पालैपालो बलात्कार गरेको प्रहरीको भनाइ छ ।

सोमबार बिहान करिब ३ बजे एक तलाउ किनारामा भेटिएकी युवतीलाई स्थानीयले उपचारार्थ विद्यानगर अस्पताल पुर्‍याएका थिए । प्रहरी समक्ष नेपाली युवतीले नाम थर ठेगाना खुलाउन चाहेकी छैनन् ।

उनी विगत ३ वर्ष देखि कलकत्तामा बस्दै आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment