१९ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनसम्पर्क तथा सञ्चार विज्ञमा लेखक तथा पत्रकार शरद अधिकारीलाई नियुक्त गरेको छ ।
जनसम्पर्क तथा सञ्चारलाई अझ फराकिलो बनाउने उद्धेश्यका साथ उनलाई जनसम्पर्क तथा सञ्चार विज्ञमा नियुक्त गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
राष्ट्रिय सुरक्षा, नेपाली डायस्पोरा तथा सुशासन लगायत मानवीय अभिरुचीका विषयमा उनले दुई दशकदेखि निरन्तर कलम चलाउँदै आएका छन् ।
यसअघि उनले राष्ट्रिय प्रकृति संरक्षण कोषमा जनसम्पर्क अधिकृतका रुपमा काम गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर अधिकारी दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियासिल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4