+
+
WC Series
पोखरा एभेन्जर्स 2025
13/1 (2.6)
VS
१०२ बलमा १५३ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

तमलोपाको प्रथम महाधिवेशन नवलपरासीमा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २० गते १०:१२

२० जेठ, नवलपरासी । असारको पहिलो साता नवलपरासीमा हुने तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनका लागि तयारी तीव्रगतिमा अघि बढाइएको छ ।

Hridayes-Tripathiनवलपरासीमा कुनै पनि राजनीतिक दलको यो पहिलो राष्ट्रिय महाधिवेशन हुन लागेको हो । महाधिवेशन सफल पार्न पार्टीका सबै क्षेत्रका सरोकारवालालाई परिचालन गरी तयारी तीव्र पारिएको पार्टीले जनाएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ६, ७ र ८ गते नवलपरासीमा गर्दैछ । महाधिवेशनमा देश विदेशका नेता प्रतिनिधि आउने भएकाले सभ्य र भव्य रुपमा महाधिवेशन सफल बनाउन कार्यकर्ता परिचालन गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीले बताए ।

महाधिवेशनको उद्घाटन सत्रमा भारतका नेता सलमान खुर्सिद, शरद यादव, सीताराम येचुरी, रघुवंश दास, रामगोपाल यादव लगायतका नेता तथा बेलायत, अमेरिका, बङ्गलादेश गरी विदेशी प्रतिनिधिसमेत आउने पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?