Comments Add Comment

‘हाइलाइट्स नेपाल’बाटै ‘ड्रिम्स’को पाइरेसी, भूवनले मागे ९० लाखको क्षतीपूर्ती

Bhuwan-and-Anmol-kc-1
नायक तथा निर्माता भूवन केसीले निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’को पाइरेसी हाइलाइट्स नेपालबाट भएको बताएका छन् । यो चलचित्रको युटुब राइट्स भूवनले हाइलाइट्स नेपाललाई वेचेका थिए ।

चलचित्र रिलिज भएको एक बर्षपछि युुटुबमा राख्ने संझौता भएको भूवनले बताए । पाइरेसीबाट बच्नका लागि भन्दै भूवनले मास्टर कपी नै हाइलाइट्सलाई दिएका थिए । तर, सोही कम्पनीबाटै चलचित्र पाइरेसी भएको छ । वुधबार बेलुकी महानागरिय प्रहरी अपराध महाशाखाले विधान गुरुङ र चन्द्र नागजु नाम गरेका २ व्यक्तिलाई पक्राउ गरेको छ । जसमध्ये विधान हाइलाइट्स नेपालमै काम गर्ने कर्मचारी हुन् ।

भूवनले अनलाइनखबरसँग भने-‘पाइरेसीबाट पर्न गएको क्षतीपूर्तीको माग गरेको छु । हाइलाइट्स नेपालले गल्ती स्विकार गर्दै क्षतीपूर्ती दिन्छु भनेको छ ।’

भूवनका अनुसार हाइलाइट्स नेपालका प्रमुख ओम गुरुङका नातेदार पर्ने विधानले चलचित्रको मास्टर कपी सप्लाई गरेर चन्द्र नागजु भन्ने व्यक्तिमार्फत बजारमा पुर्‍याएका थिए । अहिले यो चलचित्रको उच्च क्वालिटी बजारमा छ्याप्पछ्याप्ती छ ।

चलचित्र पाइरेसी गरेका चन्द्र नागजु र विधान गुरुङ ।

हाइलाइट्सका कर्मचारी र कप्यूटर सहित अर्का एक व्यक्तिलाई पक्राउ गरि महाशाखामा अनुसन्धानका लागि राखिएको छ । हाइलाइट्सका प्रमुख ओम गुरुङले पनि यो चलचित्र पाइरेसी भएको स्विकार गर्दै कानुनी कारवाहीका लागि सहयोग गर्ने बताएका छन् ।

भूवनले चलचित्र विकास बोर्ड अध्यक्ष, चलचित्र कलाकार संघका अध्यक्ष, एसएसपी सवेन्द्र खनाल र  उनको टिमलाई धन्यवाद दिएका छन् । यो चलचित्र विश्वका विभिन्न देशमा अझै चल्न बाँकी छ । तर, मानिसका ल्यापटप र मोबाइलमा यो चलचित्र पाउन थालिएको महिना दिन बढी भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment