Comments Add Comment

यी हुन् विश्वका सबैभन्दा असल देशः स्विडेन पहिलो, लिबिया पुछारमा

swedenविश्वको सबैभन्दा असल देश कुन होला ? हालैको एक अध्ययनले युरोपेली मुलुक स्विडेन विश्वको सबैभन्दा असल मुलुक रहेको देखाएको छ ।

गुड कन्ट्री अर्गनाइजेसनले सार्वजनिक गरेको गुड कन्ट्री इन्डेक्स अनुसार स्विडेन विश्वका १६३ मुलुकहरुको सूचिमा पहिलो नम्बरमा पर्न सफल भएको हो ।

संयुक्त राष्ट्रसंघ तथा विश्व बैंक लगायतका विभिन्न तथ्यांकका आधारमा तय गरिएका विभिन्न ३५ वटा सूचकका आधारमा यस्तो सूचि तयार पारिएको हो ।

विज्ञान र प्रविधि, संस्कृति, अन्तराष्ट्रिय शान्ती र सुरक्षा, विश्व व्यवस्था, ग्रह तथा जलवायु, सम्वृद्धि तथा समानता, स्वास्थ्य तथा सुस्वास्थ्य लगायतका सूचकहरुको आधारमा स्विडेनले विश्वको सबैभन्दा असल देशको तक्मा पाएको हो ।

सूचकका अनुसार डेनमार्क विश्वको दोश्रो असल देशको रुपमा परेको छ । तेश्रो स्थानमा नेदरल्याण्ड रहेको छ भने चौथो स्थानमा बेलायत छ । त्यस्तै पाँचौ स्थानमा जर्मनी र छैटौँ स्थानमा फिनल्याण्ड परेको छ । टप टेन देशमध्ये सातौँ स्थानमा क्यानडा र आठौँ स्थानमा प|mान्स रहेको छ । त्यस्तै नवौँ स्थानमा अस्टि्रया र दशौँ स्थानमा न्युजिल्याण्ड रहेको छ ।
उक्त सूचकांक अनुसार लिबिया विश्वको सबैभन्दा कम असल वा सबैभन्दा खराब देशको रुपमा रहेको छ ।

विश्वको सबैभन्दा असल देशको ११ औँ बाट २० औँ स्थानमा क्रमशः आयरल्याण्ड, स्विजरल्याण्ड, नर्वे, बेल्जियम, साइप्रस, लक्जेम्बर्ग, अस्ट्रेलिया, इटाली, जापान र स्पेन रहेका छन् । अमेरिका २१ औँ स्थानमा रहेको छ भने ब्राजिल ४३ औँ, चीन ६७ औँ र भारत ७० औँ स्थानमा छ ।

सबैभन्दा खराब ५ देशहरुको सूचिमा लिबिया, इक्विटोरियल गिनी, मउरिटानिया, मध्य अपि|mकी गणतन्त्र र इराक परेका छन् ।

नेपाललाई भने १६३ देशको सूचिमा समावेश गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment