२२ जेठ, महोत्तरी। फुलकाहा–४ की एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय प्रमोद यादवलाई पक्राउ गरेको छ ।
शुक्रबार अपराह्न शौच गर्न गएकी महिलालाई बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । पीडित महिला चिच्याएपछि आरोपित फरार भएका थिए ।
पक्राउ परेका यादव र बलात्कृत महिला दुवैको स्वास्थ्य परीक्षण गराउन जलेश्वर पठाउने तयारी भइरहेको इप्रका गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4