+
+
Shares

मधेसी मोर्चाका दुई घटकबीच कुटाकुट

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २३ गते ५:५१

fight_sketch२३ जेठ, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादबबीच जग्गाको कम्पाउन्ड लगाउने विषयमा झडप हुँदा चार जना घाइते भएका छन् ।

झडपमा परेर टाउकोमा चोट लागेका राधेश्याम रायलाई हेटौंडास्थित अस्पताल भर्ना गरिएको संघीय समाजवादी फोरलाई उद्धत गर्दै आजको नेपाल समाचारपत्र दैनिकले जनाएको छ ।

झडपमा परी बृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव घाइते भएका छन् । जंगीलाल राय सर्लाही क्षेत्र नं ५ बाट तमलोपाका निर्वाचित संसाद हुन् ।

प्रहरीले तमलोपा सांसद रायबाट एक थान बाह्र बोर बन्दुक बरामद गरेको छ ।

सांसद जंगीलाल रायले सर्वोच्च अदालतले गरेको फैसलाअनुसार जग्गा छुट्याएर आफ्नो कम्पाउन्ड लगाउने क्रममा झडप भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?