Comments Add Comment

कोपा अमेरिकामा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो

२३ जेठ, काठमाडौं । ८ पटकको उपाधि बिजेता ब्राजिलले अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको पहिलो खेलमा इक्वेडरसँग गोलरहित बराबरी खेलेको छ ।

brasilvsecuadorक्यालिफोर्नियाको रोज बल रंगशालामा आज बिहान भएको समूह ‘बी’ अन्तर्गतको खेलमा उपाधिको दावेदार टोली ब्राजिलले इक्वेडरसँग अप्रत्यासित बराबरी खेलेको हो । इक्वेडरको पोष्टमा ब्राजिलियन फर्वार्डले गोलका लागि थुप्रै मुभहरु बनाएपनि बलले पोष्टको दिशा लिन सकेन ।

ब्राजिलियन प्रशिक्षक डुंगाले अप्रत्यासित रुपमा नेइमार, थियागो सिल्भा, डेभिड लुईज लगायतका खेलाडीलाई टोलीबाहिर राखेका थिए । नेइमार रियो ओलम्पिकको तयारीमा रहेकाले टोलीमा नराखिएको जनाइएको छ । निरन्तरको खस्कँदो प्रदर्शन गरिरहेको ब्राजिलका स्तर उकास्न प्रशिक्षक डुंगाले गरेको यो परिक्षणपनि सफल हुन सकेन ।

ब्राजिलले फुटबलमा इक्वेडरसँग अहिलेसम्म हार्नुपरेको छैन । खेल बराबरीमा सकिएको पनि यो दोस्रो पटक हो । १० पटक ब्राजिलले खेल आफ्नो पक्षमा पारेको छ ।

यसअघि आजै बिहान भएको यसै समूहको अर्को खेलमा पेरुले हाइटीलाई एक शून्य गोलले हराउन सफल भयो । पेरुका लागि खेलको ६१औं मिनेटमा स्ट्राइकर पाउलो गुएर्रोले गोल गरेका थिए ।

दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिका आयोजना भएको शतबार्षिकीको अवसर पारेर प्रतियोगिता पहिलो पटक अमेरिकामा आयोजना गरिएको हो । २४ दिनसम्म चल्ने प्रतियोगितामा अमेरिकासहित १६ मुलुकका टोलीहरुको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment