+
+
Shares

प्रेस चौतारीको झण्डा सरगरमाथाको शिखरमा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २३ गते १८:५५

Press-Chautari

काठमाडौँ, २३ जेठ । प्रेस चौतारी नेपालका सदस्य लाक्पा गेलु शेर्पाले सगरमाथामा चौतारीको झण्डा फहराएका छन् ।

सोलुखुम्बु स्थायी घर भएका ३९ वर्षीय शेर्पा यही जेठ १० सगरमाथामा चौतारीको झण्डा फहराएर आज काठमाडौँ फर्किएका छन् ।

विश्वको इतिहासमा प्रेससम्बन्धी सङ्घसंस्थाको झन्डा सगरमाथामा फहराइएको यो पहिलो पटक भएको चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपालले जानकारी दिए ।

उपाध्यक्ष नेपालले शेर्पाले फहराएको झण्डाले विश्व प्रेस स्वतन्त्रताका लागि महत्वपूर्ण सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । चौतारीले गत वैशाखमा उनलाई सगरमाथा जानु अगाडि झण्डा दिएर बिदाइ गरेको थियो । पत्रकार शेर्पालाई सोमबार सम्मान गरिने भएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?