Comments Add Comment

एमालेको रोडम्यापः कांग्रेसलाई फकाउने, माओवादीलाई सम्झाउने

सरकारमा नआउने भए १८ महिने कार्यतालिका मान्न आग्रह

२३ जेठ, काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसलाई दुईवटा विकल्प दिएको छ । पहिलो विकल्पमा उसले कांग्रेसलाई सरकारमा आउन आग्रह गरेको छ । सरकारमा नआउने भए प्रतिपक्षमै बसेर संविधान कार्यान्वयनको १८ महिने कार्यतालिकामा समर्थन जनाउन एमालेले भनेको छ ।
uml

दुई दिनदेखि प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको एमाले स्थायी कमिटीको बैठकले कांग्रेसलाई फकाउनुका साथै माओवादी मन्त्रीहरुलाई ‘सम्झाउन’ प्रधानमन्त्री केपी ओलीलाई सुझाएकाे छ ।
‘हाम्रो पहिलो विकल्प हो, सकेसम्म यही सरकारको नेतृत्वमा राष्ट्रिय सहमति खोजौं र कांग्रेस पनि सरकारमा सहभागी होस्’ आइतबारको स्थायी कमिटी बैठकपछि एमालेका एक शीर्षस्थ नेताले अनलाइनखबरसँग भने, ‘तर, नेपाली कांग्रेस प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा पनि राष्ट्रिय सरकारमा आउँदैन कि भन्ने हामीलाई अझै पनि आशंका छ ।’

एमाले स्रोतले अनलाइनखबरसँग भन्यो, ‘राष्ट्रिय सहमतिको सरकारमा कांग्रेस आउँदैन भने उसले संविधान निर्माणका बेला माओवादीले खेलेजस्तै भूमिका खेल्नुपर्छ भन्ने हाम्रो आग्रह छ

कांग्रेस सरकारमा आउन नमानेको अवस्थामा अब नेकपा एमालेले संविधान कार्यान्वयनका लागि १८ महिने कार्यतालिका बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई निर्देशन दिएको छ ।
आइतबारको स्थायी कमिटी बैठकमा भएको छलफलबारे जानकारी दिँदै एमाले स्रोतले अनलाइनखबरसँग भन्यो, ‘राष्ट्रिय सहमतिको सरकारमा कांग्रेस आउँदैन भने उसले संविधान निर्माणका बेला माओवादीले खेलेजस्तै भूमिका खेल्नुपर्छ भन्ने हाम्रो आग्रह छ । त्यसबेला माओवादीले प्रतिपक्षमा बसेर पनि संविधान निर्माणमा सघाएको थियो, अब कांग्रेसले पनि प्रतिपक्षमै बसेर भए पनि संविधान कार्यान्वयनलाई सघाओस् ।’

भद्र सहमति सेलाउने संकेत
स्थायी कमिटीको बैठक बस्नु अघिसम्म एमाले नेतृत्वमा भद्र सहमतिबारे विवाद देखिएको थियो । तर, दुई दिन बसेको बैठकपछि ओली सरकारलाई निरन्तरता दिने विषयलाई पहिलो प्राथमिकतामा राख्न सबै नेताहरु लगभग सहमत देखिएको संस्थापन पक्षका नेताको दाबी छ ।
एमाले नेता झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतलमले समेत अब ओली सरकारलाई निरन्तरता दिने निर्णयमा सहमति जनाए भने ९ बुँदे समझदारीका बेला भएको भनिएको भद्र सहमति सतहमै नआई सेलाउने सम्भावना बढेको छ ।
त्यसो त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आइतबार प्रधानमन्त्रीलाई भेटिसकेपछि भद्र सहमतिको साटो राजनीतिक स्थिरतामा जोड दिएका छन् ।

पढ्नुहोस् प्रचण्डको भनाइ- हामीले स्थिरता र अनुशासन पैदा गर्नु छ

१८ महिने रोडम्यापको तयारी
एमाले बैठकले प्रधानमन्त्री ओलीलाई संविधान कार्यान्वयनको १८ महिने रोडम्याप तयार पार्न भनेको छ । सो रोडम्यापका आधारमा सरकारमा रहेका र सरकार बाहिर रहेका सबै दलहरुसित कृहत राजनीतिक समझदारी निर्माणको पहल गर्ने एमाले बैठकको निर्णय छ ।
प्रधानमन्त्री ओलीले ०७४ साल मंसिरमा आम निर्वाचन गर्ने बताइरहेका बेला एमालेले संविधान कार्यान्वयनको रोडम्यापमा जोड दिएको हो ।

माओवादी मन्त्रीलाई प्रधानमन्त्रीले सम्झाउने
एमाले स्थायी कमिटीको बैठकमा केही माओवादी मन्त्रीहरुको भूमिकाका विषयमा पनि छलफल भएको एक नेताले बताए । एलडीओ र सीडीओको सरुवा प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीवीचको असमझदारी मिडियामा आएको भन्दै प्रधानमन्त्री ओलीले बैठकमा गुनासो गरेका थिए ।
त्यसैगरी माओवादीकै तर्फबाट नेतृत्व गरिएको गृहमन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका वीचमा पनि खटपटी देखिनु राम्रो नभएको प्रधानमन्त्रीले बैठकमा बताएका थिए ।
सरकारमा सहभागी सबै मन्त्रीहरुले एउटै लयमा मिलेर बकाम गर्नुपर्नेमा यस्तो असमझदारी देखिनु राम्रो नहुने भन्दै एमाले बैठकले मन्त्रीहरुलाई सम्झाउन प्रधानमन्त्रीलाई आग्रह गरेको एमालेका एक नेताले अनलाइनखअबरलाई बताए ।

याे पनि पढ्नुहाेस्

एमाले बैठकमा भारत-अमेरिका प्रकरणः प्रधानमन्त्रीले भने-यो गम्भीर षड्यन्त्र हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment