Comments Add Comment

ओली सरकारको भ्रमण र उपचारमा १० करोड खर्च

फाइल फोटो
फाइल फोटो

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयता ‘विशिष्ट’ व्यक्तिको भ्रमण खर्च र नेता कार्यकर्ताको उपचारमा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च भएको छ ।

प्रधानमन्त्री ओलीदेखि मन्त्री, सांसद, प्रशासक, राजनीतिक दलका नेता कार्यकर्तालगायतले स्वदेश तथा विदेश लभ्रमण र उपचार खर्चवापत ८ महिनामा १० करोड रुपैयाँभन्दा बढी खर्च गरेका आजको कारोबार दैनिकमा समाचार छ ।

भारत र चीनको राजकीय भ्रमणमा मात्रै प्रधानमन्त्रीले राज्यको ढुकुटीबाट करिब ७ करोड रुपैयाँ खर्च गरेका छन् ।

एक दर्जनभन्दा बढी मन्त्री तथा प्रशासकहरुले विदेश भ्रमण गर्दा २ करोड रुपैयाँभन्दा बढी रकम बुझेका छन् । मधेस आन्दोलनमा घाइने भएकाको उपचारमा पनि करिब १० लाख रुपैयाँ निकासा गरिएको छ ।

सत्तारुढ दलहरु एमाले, माओवादी , राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम मन्त्रिपरिषदबाट निर्णय गराएर आफ्ना कार्यकर्तालाई २५ लाख रुपैयाँभन्ला बढी उपलव्ध गराएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment