+
+
Shares

द्वन्द्वकालीन मु्द्दा मेलमिलाप आयोगबाट टुंगो लगाऊः नयाँ शक्ति

केन्द्रीय परिषद सदस्य साहलाई रिहा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २४ गते १५:२७

२४ जेठ, काठमाडौं । नयाँ शक्ति नेपालले द्वन्द्वकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट किनारा लगाउन सरकारको ध्यानाकर्षण गराएको छ । द्वन्द्वकालको मुद्दामा आइतबार पक्राउ परेका आफ्ना सप्तरी संयोजक एवम् केन्द्रीय परिषद सदस्य अरुण साहलाई रिहा गर्न पनि नयाँ शक्ति नेपालले माग गरेको छ ।

Naya-Shakti-Nepalनयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले सोमबार जारी गरेको विज्ञप्तिमा द्वन्द्वकालीन मुद्दाका आधारमा पक्राउ गर्ने वा मुद्दा चलाउने कार्यले शान्ति प्रक्रिया निष्कर्षमा नपुग्ने उल्लेख छ ।

‘विगतको सम्झौता, प्रचलित कानुन, राजनैतिक सहमति समेतका आधारमा द्वन्द्वकालीन मुद्दाहरु फिर्ता गर्ने र द्वन्द्वकालीन घटनाहरुको छानविन गरी सत्य तथ्य सार्बजनिक गर्ने तथा मेलमिलापको वातावरण तयार गर्ने राज्यको प्रतिवद्धता हो । राज्यकै उक्त मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग घोषित प्रतिवद्धता विपरितको उक्त कार्य विल्कुल अमान्य छ,’ विज्ञप्तिमा लेखिएको छ,  ‘द्वन्द्वकालीन मुद्दाका आधारमा कसैलाई पनि गिरफ्तार गर्ने वा मुद्दा चलाउने वा कुनै पनि प्रकारका हर्कत गर्ने कार्यले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पनि पुग्दैन र समाजमा दीगो शान्ति पनि कायम हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?