साउदी अरव । साउदी अरव ट्राफिक प्रहरीले शहर स्वच्छ राख्ने अभियान अन्तर्गत सडकमा फोहोर गर्नेलाई जरिवाना तिराउने भएको छ ।
साउदी अरवको प्रतिष्ठित दैनिक पत्रिका मक्का अरेविकले प्रहरीलाई उदृत गरी प्रकाशन गरेको समाचारमा सडकमा थुक्ने र गाडीबाट फोहोरजन्य सामाग्री फाल्नेले १५० साउदी रियाल (४३१५ रुपैयाँ) सम्म जरिवाना तिर्नुपर्नेछ ।
यातायात बिभागले सािर्वजनिक मर्यादा कायम राख्नका लागि आफ्ना नागरिक तथा प्रवासीहरुमा अपीलसमेत गरेको छ । उसले भनेको छ कि चलिरहेको सवारीबाट फोहोर फाल्नुपनि ट्राफिक नियम उल्लंघन गर्नु हो ।
यातायता विभागका अनुसार फोहोर फाल्नु र थुक्नु दुवै यातायात व्यवस्थाको कानुन नमान्नु हो । यो यातायात कानुनको चौथो श्रेणीमा पर्दछ ।
साउदी ट्राफिकले यस्तो हर्कत गर्नेलाई १०० देखि १५० साउदी रियालसम्म जरिवाना हुने जानकारी गराएको छ ।
विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनबाट पुष्टि भएअनुसार सडकमा फोहोर फाल्नु र थुक्नाका कारण पर्यावरणमा गम्भीर असर परेको छ ।
प्रतिक्रिया 4