Comments Add Comment

३ दिनमा ५३ करोड कमायो ‘हाउसफूल ३’ ले, उछिन्यो साहरुखको ‘फ्यान’लाई

houseful 3
आइतबार बिदाको दिन ३३ प्रतिशतले उकालो लाग्दै चलचित्र ‘हाउसफूल ३’ले बम्पर कमाई गरेको छ । शुक्रबार १५.२१ करोड, शनिबार १६.३० करोडको कमाई गरेको यो चलचित्रले आइतबार भने २१.८० करोडको कमाई गरेको छ । बलिउडका विश्लेषक तरण आदर्शले ट्विटरमा यो कुरा उल्लेख गरेका छन् ।

आइतबारको व्यापारसँगै यो चलचित्रले ५३.३१ करोडको विकेन्ड कमाई गरेको छ । यो साहरुख खान अभिनित चलचित्र ‘फ्यान’को भन्दा १ करोड माथिको व्यापार हो । ‘फ्यान’ले ३ दिनमा ५२.३५ करोड कमाई गरेको थियो ।

चलचित्रको कमेडी शैलीलाई विश्वभर रुचाइएको छ । चलचित्रले सय करोडको आँकडा पार गर्न सक्ने देखिएको छ । अक्षय कुमार, ज्याकलिन फर्नान्डेज, अभिषेक बच्चन, रितेश देशमुख लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रको व्यापार बम्पर भएपछि अक्षय कुमारको चर्चा चुलिएको छ । उनको यो बर्ष चलचित्र ‘एयरलिफ्ट’ले सय करोड माथिको व्यापार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment