+
+
Shares

लुम्बिनीसम्म रेल ल्याउन चीन प्रतिबद्ध

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २५ गते ७:००

China-Flag२५ जेठ, काठमाडौं चीनले छिङ्हाई—सिगात्से रेललाई केरुङबाट काठमाडौं, पोखरा हुँदै गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म विस्तार गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ ।

चीनका सेन्ट्रल मिलिटरी कमिसनका उपप्रमुख एड्माइरल सन जियाङ्गुओले उपप्रधान तथा रक्षामन्त्री भीम रावलसँग सोमबार भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको द्विपक्षीय सहमतिअनुसार चिनियाँ रेलवे लुम्बिनीसम्म विस्तार गर्ने प्रतिबद्धता जनाएका आजको अन्नपूर्णमा समाचार छ ।

मन्त्री रावलले जनस्तरको सम्बन्ध प्रवद्र्धन गर्न केरुङ आइपुग्ने रेलवेलाई काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार भइदेओस् भनने नेपालको अपेक्षा रहेको सन जियाङ्गुओसमक्ष बताएका थिए ।

‘प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएको सहमतिअनुसार हामी रेलवे केरुङ, काठमाडौं, पोखरा र लुम्बिनीसम्म विस्तार गर्न प्रतिबद्ध छौं’, एड्माइरल सन जियाङ्गुओले भेटमा बताएको उल्लेख गर्दै रक्षा मन्त्रालय स्रोतले  भन्यो ।

चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ रणनीतिअनुसार नेपाललगायत छिमेकी मुलुक, एसिया, युरोप तथा अफ्रिकासम्म रेल, सडक र समुद्रका माध्यमबाट पूर्वाधार विकास गरी आर्थिक उन्नति गर्न चीनले चाहेको उनले बताए ।

‘नेपालमा विस्तार हुने रेलवे वान बेल्ट वान रोड रणनीतिको एक पाटो हुने चिनियाँ अधिकारीको भनाइ थियो’, रक्षासचिव महेश दाहालले  भने ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा बेइजिङमा जारी भएको संयुक्त वक्तव्यमा प्रस्तावित रसुवागढी—काठमाडौं तथा काठमाडौं—पोखरा—लुम्बिनी रेलवे परियोजनाको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्न नेपाली पक्षले आग्रह गरेको उल्लेख गरिएको थियो ।

नेपालले ‘वान बेल्ट वान रोड’ रणनीतिमा सहभागी हुन सन् २०१४ को डिसेम्बरमा चीन सरकारसँग समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । ‘वान बेल्ट वान रोड’ रणनीतिअन्तर्गतको ‘रिभाइभल अफ दि सिल्क रोड इकोनोमिक बेल्ट’ मा सहभागी हुनेसम्बन्धी समझदारीपत्रमा तत्कालीन अर्थसचिव सुमनप्रसाद शर्माले बेइजिङमा चिनियाँ पक्षसँग हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?