Comments Add Comment

अस्ट्रेलियामा नेपाल चिनाउँदै एन आर एन अष्टेलिया

सिड्नी । एनआरएन अस्ट्रेलियाले आगामी नोभेम्बर महिनामा नेपाल फेस्टिबल कार्यक्रमको आयोजना गर्ने भएको छ ।

nepal festivalएनआरएन अस्ट्रेलियाले यो कार्यक्रमलाई नेपाल चिनाउने महोत्सवका रुपमा लिएको छ । कार्यक्रम अस्ट्रेलियाका प्रमुख शहरहरु सीड्नी , ब्रिसबेन र मेलबर्नमा आयोजना हुने छ ।

एनआरएन अस्ट्रेलियाको प्रमुख कार्यक्रमका रुपमा रहेको यस महोत्सवमा करिब पचास हजार नेपालीका साथै लाखौ बिदशीहरुको सहभागिता हुने कुरा बताईएको छ । सीड्नीमा यो कार्यक्रम नोभेम्बर २६ , ब्रिसबेनमा नोभेम्बर १२ र मेलवर्नमा डिसेम्बरमा आयोजना हुने छ ।

यी तिनै शहरहरुमा महोत्सवको रौनक बढाउन नेपालवाट अमृत गुरुङको चर्चित ब्यान्ड नेपथ्य आउने पक्का भएको कुराको जानकारी एन आर एन अष्टेलियाका उपाध्यक्ष दिनेश पोखरेलले दिएका छन । पोखरेलका अनुसार  एडिलेडमा अप्रीलमा , डार्बीन र पर्थमा मे महिनामा नेपाल फेस्टीभल हुने कार्यक्रम रहेको छ ।

केन्द्रिकीत दर्ता प्रणाली अपनाउनका लागि एन आर एन अष्टेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको संयोजकत्वमा बैठकले एउटा समिती समेत बनाएको छ ।

एनआरएनको दायरा फराकिलो हुदैजांदा यसको नाम अनुरुपको संस्थागत बिकासका लागि कुनै एक राज्यमा मात्र रहन नसक्ने हुनाले एनआरएनलाई केन्द्रिय सरकारमा दर्ता गराउने प्रकृया अगाडि बढाइएको सिग्देलले बताए । एनआरएनले यसै महिना एनआरएन कप स्पोर्टस फेस्टीभल अन्तर्गत फुटबल, भलिबल ,क्रिकेट लगायतका प्रतियोगिता सीड्नीमा आयोजना हुने जनाएको छ ।

सीड्नीमा आयोजना भएको एनआरएन बैठकमा क्वीन्सल्याण्डका संयोजक अभिमानसिंह बस्नेतले प्रतिबेदनका साथै नेपाल फेस्टीभलको तयारीका बारेमा प्रतिबेदन प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment