+

हजुरआमा गुमाएको पीडा भुल्दै डि मारिया मैदान उत्रिए र गोल गरे

२०७३ जेठ  २५ गते १४:५९ २०७३ जेठ २५ गते १४:५९
हजुरआमा गुमाएको पीडा भुल्दै डि मारिया मैदान उत्रिए र गोल गरे

Di-Maria

२५ जेठ, काठमाडौं । बनेगोको गोलसँगै अर्जेन्टिनाले चिलीविरुद्ध दुई गोलले अघि हुँदा पनि दर्शकहरुले मेस्सी, मेस्सी भन्दै हुटिङ गर्न छाडेनन् । तर, वास्तवमा त्यहाँ एन्जल डि मारियाको नाम आउनु पथ्र्यो ।

कोपा अमेरिका अन्तरगत चिलीविरुद्धको खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर मेस्सी बेन्चमा रहेपछि उनको स्थान निकोलस गेइटानले लिने चर्चा थियो । तर, खेलमा पीएसजीका विंगर मारिया छाए । उनले एक गोल गरे भने अर्को गोलका लागि पास मिलाइदिएका थिए ।

खेलपछि अन्तरवार्ताका क्रममा मारिया निकै भावुक बने । खेल सुरु हुनु केही बेर अघि मात्र उनका हजुरआमाको निधन भएको थियो ।

तर, डि मारियाले हजुरआमा गुमाउँदाको पीडालाई भुलेर अर्जेन्टिनाका लागि खेले । उनले गोल गरेपछि देखाएको टिसर्टमा लेखिएको थियो, हजुरआमा म तपाईलाई सम्झिरहने छु ।’

हजुरआमा गुमाएको अवस्थामा पनि देशका लागि खेल्नुको कारण सुनाउँदै अर्जेन्टिनी विंगर डि मारियाले भनेका छन्, ‘मैले नेशनल टिमबाट खेल्दा हजुरआमा गर्व गर्नुहुन्थ्यो ।’

खेलमा अर्जेन्टिनाले डिफेण्डिङ च्याम्पियन चिलीलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

अर्जेन्टिना डि मारिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय