+
+
Shares

नम्रताको सिउँदोमा सिन्दुर, यस्तो बन्यो ‘ब्रासलेट’ गीत

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २६ गते १०:५१

namrata sapkota
मोडल तथा नायिका नम्रता सापकोटाको सिउँदोमा सिन्दुर छ । उनी निकै खुशी देखिएकी छिन् । भदौ १७ गते रिलिज मिति तय गर्दै प्रचारमा उत्रिएको चलचित्र ‘ब्रासलेट’को एक गीतमा नम्रताको विवाहित रुप देखिएको छ ।

केशव भट्टराइको निर्माणमा निर्मल शर्माले निर्देशन गरेको यो चलचित्रमा रमेश उप्रेती, रजनी केसी पनि मुख्य भूमिकामा छन् । सार्वजनिक ‘मेरो जिन्दगीमा’ बोलको गीतमा यूवराज चौलागाई र दुर्गा परियारको स्वर, दीपक शर्माको संगीत, शान्तीपि्रयको शब्द छ ।

गोविन्द राइको कोरियोग्राफी, हिमाल केसीको एक्सन, विपिन मल्लको सम्पादन चलचित्रमा छ । अमेरिका भासिएर लामो समयपछि नेपाल आएका रमेशको यो डेब्यू चलचित्र हो । तर, भदौ १७ मा अन्य ४ वटा चलचित्रले पनि प्रदर्शन मिति तोकेकाले ‘ब्रासलेट’लाई सजिलो भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?