Comments Add Comment

भद्र सहमति पालना नगरे एमालेको हैसियत देखिन्छः बादल

Badal

२६ जेठ, बुटवल । भद्र सहमतिको आ-आफ्नै तरिकाले ब्याख्या भइरहँदा सत्ता साझेदार दल नेकपा माओबादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलले एमालेसँग भद्र सहमति भएको दावी गर्दै सहमति पालना नगरे एमालेको हैसियद देखाइदिने उद्घोष गरेका छन् ।

उनले एमालको नेतृत्वको सरकारले नीति तथा बजेट ल्याएपछि प्रचण्डको नेतृत्वमा सरकार बनाउने भनि सहमति भएको उल्लेख गरे ।
बुटवलमा प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ५ ले गरेको पत्रकार सम्मेलनमा बादलले नौ बुँदे सहमति अनुसार अघि बढ्न सरकारलाइ आग्रह गरे ।

‘मैले भनिरहनै पर्दैन, एमालेकै बरिष्ठ नेताहरुले नै भन्नुभएको छ त, उनले भने अब ओलीले भद्र सहमति भएकै छैन भनेर किन भन्ने ?’ बादलले भने ।

बादलले अब राष्ट्रिय सरकार बनाएर मात्र मुलुकका समस्या समाधान गर्न सकिने बताए । बर्तमान सरकारले जनजीबिका, पुनर्निर्माण, शान्तिप्रकृयाका बाकी काम र मधेसबादी तथा जनजातीहरुको आन्दोलनलाइ सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

बिगतका आरोपहरु मनोगत

उनले बिगतमा एमाओबादी र बैद्य माओबादीका बिचमा भएको आरोपहरुलाइ मनोगत साबित भएको बताएका छन् । ‘बिकसित घटनाक्रमले ती सबै आरोपहरुलाइ मनोगत साबित गर्यो ’ अब पुराना पार्टी र गुटले क्रान्ति पूरा हुन सक्दैन त्यसैले हामी एक भयौं ।’

१३ बुँदे सैद्धान्तिक तथा राजनीतिक सहमतिका आधारमा दश माओबादी घटकहरु एक भएको र बर्खा सम्ममा सबै एक हुने उनले दावी गरे ।
उनले आफूले मोहन बैद्यलाइ छाडेको नभइ आफूलाइ बैद्यले छाडेको दावी गरे । ‘बिभाजित माओबादीको एकता तत्कालिन आबश्यकता थियो तर बैद्य पछाडि फर्किंदा मलाइ पनि दुख र आश्चर्य लागेको छ’ उनले भने ।

आफुलाई बाबुराम भट्टराईसँग तुलना गरिएकोप्रति बादलले दुःख व्यक्त गरे । उनले बाबुराम साम्यबादी धारका मान्छे भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment