Comments Add Comment

उपराष्ट्रपति पुनको चीन भ्रमण टोलीमा ११ सदस्य

राष्ट्रपति भण्डारीले दिइन् भ्रमणको शुभकामना

२६ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को चीन भ्रमणको टोली ११ सदस्यीय हुने भएको छ । पुन चीनको औपचारिक भ्रमणका लागि २८ जेठमा त्यसतर्फ प्रस्थान गर्दैछन् । बुधबारको मन्त्रिपरिषद बैठकबाट उपराष्ट्रपति पुनको भ्रमण स्वीकृत भएको छ ।

Nanda-Bahadur-Pun-Pasangपासाङको भ्रमण टोलीमा उनकी पत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उपराष्ट्रपतिको स्वकीय सचिव सुकबहादुर रोका, उपराष्ट्रपतिको प्रेस संयोजक मनोजकुमार घर्ती, उपराष्ट्रपतिको एडिसी प्रमुख सेनानी मनोजकुमार सिलवाल रहने छन् ।

यसैगरी भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल सुरेन्द्र थापा, प्रधानमन्त्री कार्यालयका उपसचिव अन्जानकुमार मिश्र, पराष्ट्र मन्त्रालयका शाखा अधिकृत जनक सिंह, उपराष्ट्रपति कार्यालयका खरिदार सृष्टि शाक्य, भाषा अनुवादक डा. हरिसचन्द्र शाह र प्रधानमन्त्री कार्यालयका एकजना प्रतिनिधि पनि हुुनेछन् ।

चीनको युन्नान प्रान्तीय जनकंग्रेस स्थायी समितिको निमन्त्रणमा उनी चीन भ्रमणमा जान लागेका हुन् । जुन १२ देखि १७ सम्म युन्नान प्रान्तको कुन्मिङ शहरमा आयोजना हुने चौथो चीन-दक्षिण एशिया प्रदर्शनी तथा वस्तु व्यापार मेला तथा २४ औं चीन-कुन्मिङ आयात निर्यात व्यापार मेलामा सहभागी हुन उपराष्ट्रपति कुन्मिङ जान लागेका हुन् ।

उनले १२ जुनमा आयोजना हुने चौथो चीन दक्षिण एशिया व्यापार मेलाको उदघाटन समारोह र सोही दिन हुने ११ औं चीन-दक्षिण एशिया बिजनेश फोरमलाई सम्बोधन गर्नेछन् ।

चीनमा रहँदा उनले चिनियाँ उपराष्ट्रपति, चीन सरकारका उच्च पदाधिकारीहरु, युन्नान प्रान्तका सरकारी प्रतिनिधिहरुसँग भेटवार्ता गर्नेछन् । उनले युन्नान प्रान्तका विभिन्न भागको विकासे आयोजनाहरुको अवलोकन भ्रमणसमेत गर्नेछन् । उपराष्ट्रपति पुन २ असारमा स्वदेश फर्कनेछन् ।

राष्ट्रपतिले दिइन् भ्रमणको शुभकामना

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति पुनलाई चीन भ्रमणको शुभकामना दिएकी छन् ।

बुधबार विहान राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा राष्ट्रपतिले उपराष्ट्रपतिलाई चीन भ्रमणको शुभकामना दिएकी हुन् ।

भेटमा उपराष्ट्रपतिले आफ्नो चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउएको उपराष्ट्रपति पुनका प्रेस संयोजक घर्तीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment