+
+
Shares

सांसदको तलव सुविधा बढाउने प्रस्ताव रोक्न देउवाको ध्यानाकर्षण

गुरुङ भन्छन्- दुःखी जनताको प्रतिनिधि सुखी बन्ने रहरले देश बन्दैन

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २७ गते २०:२७

sherbahadur deuba

२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले सांसदहरुको तलव तथा भत्ता सुबिधा वृद्विको प्रस्ताव स्वीकार नगर्न पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । गुरुङले बिहीबार देउवालाई भेटेर व्यबस्थापिका संसदको तर्फबाट नेपाल सरकारलाई पठाउन तयार पारिएको प्रस्ताव रोक्न माग गरेका हुन् ।

देश भूकम्प र नाकाबन्दीको कारण समस्यामा परेका बेला सांसदहरुको तलब भत्ता बृद्धि गर्न नहुने गुरुङको माग छ ।

गुरुङले देउवालाई बुझाएको पत्रमा लेखिएको छ, ‘आर्थिक रुपमा टाट पल्टिन थालेको देशको वर्तमान परिस्थितिलाई नजरअन्दाज गरेर यतिखेर हामी जनप्रतिनिधिहरुले पर्याप्त सुबिधा खोज्नु हुँदैन । दुःखी जनताको प्रतिनिधि सुखी बन्ने रहरले देश बन्दैन । पहिले आर्थिक समृद्धिको बाटो पहिल्याएर जनतालाई सुखी बनाऔं र त्यसपछि सुबिधा खोजौंला ।’

सरकारले आर्थिक वर्ष ०७३/७४ को बजेटबाट कर्मचारीहरुको तलब वृद्धि गरेसँगै सांसदहरुको तलब पनि वृद्धि भएको छ । यसबाहेक संसद सचिवालयले सांसदहरुको बैठक भत्ता, घर भाडालगायतको सुविधा बढाउने प्रस्तावसमेत तयार पारेको छ । त्यसलाई रोक्न कांग्रेस सांसद गुरुङले माग गर्दै आएका छन् ।

‘भूकम्प पीडितका लागि राहत ‘आकाशको फल आँखा तरि मर’ भन्ने कथन जस्तै भइरहेको छ भने पुनर्निर्माण ‘कुहिरोको काग’ बनेको छ । मुलुकको आर्थिक वृद्विदर एक प्रतिशतभन्दा तल झरिसकेको छ,’ गुरुङले पार्टी सभापति देउवालाई लेखेको पत्रमा भनिएको छ, ‘मुलुकले यो बिकराल परिस्थिति भोगिरहेको बेलामा सांसदहरुको तलव तथा भत्तासुबिधा वृद्धि गर्ने प्रस्ताव कुनै पनि दृष्टिकोणबाट न्यायोचित मान्न सकिँदैन ।’

Dhanraj-Gurung
धनराज गुरुङ

गुरुङले अरु सांसदको साथ पाएनन्

नेता गुरुङका अनुसार कांग्रेस सभापति देउवा यसप्रति सकारात्मक छन् र उनले सहयोग गर्ने बचन दिएका छन् । तर, उनकै पार्टीका सांसदहरु गुरुङको प्रस्तावको विपक्षमा छन् ।

तलब भत्तालगायतका सुविधा बढाउने प्रस्ताव रोक्ने अभियान नै चलाउँ भनेर गुरुङले आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गरे पनि साथ पाएनन् ।

‘संयुक्त अभियान चलाम् भनेर मैले अरु माननीयलाई पनि भनें तर, कोहि पनि तयार भएनन्,’ गुरुङले अनलाइनखबरसँग भने, ‘मैले पनि लौ ठीकै छ भनेर एक्लै अगाडि बढेको छु ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?