+
+

अवैध बालुवाखानीमा पुरिएर ३ को मृत्यु

कपिलदेव खनाल कपिलदेव खनाल
२०७३ जेठ २७ गते १७:०३

Nuwakot-Death

२७ जेठ, बिदुर । नुवाकोट खड्गभञ्ज्याङ गाउँ बिकास समितिमा बालुवाको ढिस्कोले पुर्दा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सवारी चालक, बिकास भन्ने गंगासिंह तामाङ, सहचालक प्रकाश भन्ने बुधे तामाङ र काम गर्ने शंकर राईको रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

अवैधानिक बालुवा खानीमा बा ३ ख ९७०९ नम्बरको आयसर ट्रकमा बालुवा भर्दै गर्दा माथिबाट झरेको पहिरोले उनीहरुलाई पुरेको थियो । बालुवा खानीको छेउँमा नै लगेर बालुवा सिधै गाडीमा पर्ने गरी खनिरहँदा माथीबाट एक्कासी पहिरो झरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

स्काभेटरको माध्यमबाट प्रहरीले गाडी र मृत्यु भएकाहरुको शव निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?