Comments Add Comment

अमरपंक्षीबाट उठेको रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई

Shreemati-sangh
२७ जेठ, काठमाडौं । नेपाल सैनिक श्रीमति संघले सैनिक मञ्चमा गरेको अमरपंक्षी कार्यक्रमबाट संकलन गरेको रकम भूकम्पपीडित र पूनर्निर्माणका लागि उपलब्ध गराएको छ ।

वालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा एक कार्यकमबीच सैनिक श्रीमती संघकी अध्यक्ष रीता क्षत्रीले धुर्मुस सुन्तली फाउण्डेसनलाई भूकम्प पीडित आवास व्यवस्थाको लागि भन्दै १४ लाखको चेक हस्तान्तरण गरेकी छिन् ।

यसैगरी, भूकम्पबाट क्षति भई पुनस्र्थापना गर्नुपर्ने सामुदायीक विद्यायालय छनौटको प्रकृयामा रहेकााले छनौट पछि विद्यालय निर्माणको लागि समेत संघले आर्थिक सहयोग प्रदान गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा अध्यक्ष क्षत्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ धरहरा पुनर्निर्माण सहयोगार्थ धरहरा पुनर्निर्माण कोषलाई २५ लाखको चेक हस्तान्तरण गरिन् ।

संघले अल्पाईन ग्लो इभेन्ट्सको व्यवस्थापनका लागि ख्याती प्राप्त भारतीय एवं नेपाली कलाकारको उपस्थितिमा सांगितीक कार्यक्रमको आयोजना गरेको थियो ।

भारतीय नायिका सोनाक्षी सिन्हा, मलाइका अरोरा खान लगायत सहभागी कार्यक्रमबाट संकलित रकम सहयोग गरिएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment