Comments Add Comment

दोरम्बा हत्याकाण्डका पीडितद्वारा सत्य निरुपण आयोगमा सामूहिक उजुरी दर्ता

Doramba-Pidit-in-TRC
दोरम्बा हत्याकाण्डका पीडितहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमा तस्वीर: सञ्चु ब्लोन

२७ जेठ, काठमाडौं । रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले बिहीबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा सामुहिक उजुरी दिएका छन् ।

सशस्त्र जनयुद्धका क्रममा रामेछापको दोरम्बामा तत्कालीन शाही नेपाली सेनाद्वारा मारिएका १५ जनाको परिवारले आयोगको कार्यालय बबरमहलमा सामुहिक उजुरी दिएका हुन् ।

आयोगले जिल्लाको शान्ति समिति मार्फत उजुरी दर्ता गर्ने ब्यवस्था गरेपनि अन्तराष्ट्रिय रुपमा समेत ठूलो मानिएको घटनाको सत्यतथ्य र स्वतन्त्र छानविन हुनुपर्ने भन्दै पीडितहरु गाउँबाट राजधानी आएका थिए । आयोगका सदस्यहरु लिला उदासी खनाल र श्रीकृष्ण सुवेदीलाई भेटेर आफूहरुले घटनाको कुनै दवाव र प्रभावमा नपरी स्वतन्त्र छानविन गर्न आग्रह सहित उजुरी दिएको स्थानीय संगीता योञ्जनले बताइन् ।

योञ्जन दोरम्बामा मारिएका तत्कालीन माओवादी जनसरकार प्रमुख बाबुराम लामाकी छोरी हुन् ।

दोरम्बा घट्ना जस्तो गम्भीर मानवअधिकार उलंघनको घटनालाई आयोगले छुटटै रुपमा छानविन गर्नुपर्ने तामाङ राष्ट्रिय मुक्ति मोर्चाका नेता टंकलाल घिसिङले बताए ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा माओवादी जनसरकार प्रमुख बाबुराम लामासहित २१ जनालाई सेनाले हत्या गरेको थियो । सो घटनापछि माओवादीले सरकारसँगको वार्ता भंग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment