Comments Add Comment

शैक्षिक सत्र सुरु भएको दुई महिनामा पनि विद्यार्थीले पुस्तक पाएनन्

School-Book२८ जेठ, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीका कारण शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लाग्दा पनि सबै ठाउँमा पुस्तक पुग्न सकेका छैनन् ।

केन्द्रले चालू शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ र वितरण गर्न तोकिएको समय ६ पटक कटाएको छ । शिक्षा विभागले तोकेको पाँच र आफैले तोकेको एक गरी ६ पटक तोकिएको समयमा जनक शिक्षाले पाठ्यपुस्तक छपाइ र वितरण गर्न नसकेको हो अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

पुस्तक अझै छपाइ भइरहेका छन् । केन्द्रले चैत मसान्तभित्र विद्यालय तहको पाठ्यपुस्तक छपाइ गरिसक्नु पर्ने थियो ।

चालू शैक्षिक सत्रका लागि कक्षा ६ देखि १० सम्मका लागि एक करोड ७७ लाख थान पुस्तक आवश्यक पर्ने संशोधित छपाइ  कार्ययोजना केन्द्ले शिक्षा मन्त्रालयमा पेस गरेको थिए ।

तर, २० जेठसम्मका एक करोड १९ लाख मात्र छपाइ सकिएको कर्मचारहिरुले बताएका छन् । यसअघि चैत मसान्तभित्रै पाठ्यपुस्तक विद्यालयहरुमा पुर्‍याउने दावी जनक शिक्षाको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment