२८ जेठ, वीरेन्द्रनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सरकार गिराउनतर्फ नलागी सबै दल राष्ट्रिय सहमति बनाउनेतर्फ लाग्नुपर्ने बताएका छन् ।

प्रदेश नम्बर ६ को पार्टी एकता भेलाका लागि शुक्रबार सुर्खेत आएका अध्यक्ष ‘प्रचण्ड’ले पत्रकार सम्मेलनमा सहमतिका लागि आफ्नो दल हदैसम्म लचिलो भएको जानकारी दिँदै मुलुकको अहिलेको आवश्यकता भनेको राष्ट्रिय सहमति नै भएको स्पष्ट पारे ।
संविधान कार्यान्वयन, मधेस तथा थारुको समस्या समाधान, पुनःनिर्माण र विकास गर्न प्रमुख दलबीच राष्ट्रिय सहमतिको आवश्यकता रहेको उल्लेख गरे ।
अबको केही दिनभित्र मधेस समस्या समाधान हुने जिकिर गर्दै उनले मधेसवादी दलका नेताहरू पनि अब सहमतिको अवस्थामा आएकाले मधेस समस्या समाधान गर्न धेरै समय नलाग्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4