Comments Add Comment

संघीय संरचनामा प्रहरी संगठन

२९ जेठ, काठमाडौं । नेपाल प्रहरीमा ६० वर्षे उमेर हदसहित केन्द्रमा महानिर्देशक र प्रदेशमा महानिरीक्षक रहने गरी संघीय संरचना अनुसार प्रहरी संगठनको पुनर्संरचनाको गृहकार्य सुरु भएको छ ।

Nepal-Police-Logoकेन्द्र र प्रदेशको प्रहरी संरचना, सञ्चालन, सुपरीवेक्षण र समन्वयबारे सरकारबारे सरकार र संसद् राज्य व्यवस्थाले गृहकार्य थालेको आजको अन्नपूर्णमा  समाचार छ ।

सरकारले पूर्वप्रहरी महानिरिक्षक कुवेरसिंह रानाको संयोजकत्वमा बनाएको कार्यदलले प्रहरीमा ६० वर्षे उमेरको हदसहित प्रहरी पुनर्संरचनाबारे संसद्को राज्यव्यवस्था समितिमा प्रतिवेदन बुझाएको छ । हाल ५८ वर्षे हदको व्यवस्था छ ।

कार्यदलले केन्द्रमा महानिर्देशक -हालको प्रहरी महानिरिक्षकको सट्टा) रहने र उसको कार्यकाल तीन वर्षको हुने प्रस्ताव गरेको छ । यस्तै प्रहरी नायब महानिरिक्षक, प्रहरी सहायक महानिर्देशक, वरिष्ठ उपरीक्षसहित केन्ऽमा १२ तह हुने प्रस्ताव कार्यदलले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment