Comments Add Comment

गोली प्रहारबाट डोटीमा युवतीको मृत्यु

२९ जेठ, डोटी । डोटीमा गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ ।

deadडोटीको पचनाली गाविस–६ की २० वर्षीया मीना साँउदको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको बताइएको छ ।

गोली लागी ढलेकी मिनालाई उपचारका लागि दिपायलस्थित सुजङ्ग अस्पतालमा ल्याईएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले जानकारी दिए ।

बिष्टका अनुसार हत्याराको खोजी कार्य जारी रहेको छ । ‘सानो गोली छ, गोलीको खोका पनि भेटिएको छैन’ प्रहरी उपरीक्षक बिष्टले भने ‘गोली लागेको घाउ हेर्दा पेस्तौलले हानेको जस्तो देखिन्छ तर एकिन भईसकेको छैन ।’ पोष्टमार्टम हुन बाँकी रहेको र गोलीको खोका खोजी कार्य जारी रहेका वताउँदै बिष्टले कुन हतियार प्रयोग गरिएको हो भन्ने कुरा गोलीको आकारबाट मात्रै जानकारी हुने वताए ।

प्रारम्भिक अनुसन्धान अनुसार प्रेम सम्वन्ध बिगि्रएका कारण हत्या गरिएको हुन सक्ने देखिएको प्रहरी उपरीक्षक बिष्टले वताए । उनले भने ‘अनुसन्धान जारी छ, अहिलेने सवै कुरा भन्न सक्ने अवस्था त छैन तर प्रारम्भिक छानबिन गर्दा प्रेम सम्वन्ध बिग्रेका कारणनै घटना भएको जस्तो छ ।’

युवतीको लास पोष्टमार्टमका लागि डोटी जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment