Comments Add Comment

भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने प्रधानमन्त्रीको योजना असफल

KP Oli३० जेठ, काठमाडाैं । त्रिपालमुनि बसेकालाई जस्ताको छानामुनि ल्याउन भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने प्रधानमन्त्री केपी ओलीसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको योजना असफल भएको छ।

प्राधिकरणले जेठ ७ देखि २१ गतेसम्म १५ दिनका लागि स्वयंसेवक परिचालन गर्ने लक्ष्य राखेर बनाएको निर्देशिका पनि अलपत्र परेको छ।प्रधानमन्त्री ओलीले राजनीतिक दलका कार्यकर्तालाई स्वयंसेवक बनाएर परिचालन गर्ने प्रस्तावलाई दलहरूले महत्व नदिएपछि यो योजना असफल भएको अाजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

भूकम्पबाट क्षतिग्रस्त निजी घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने दुई लाख रुपैयाँ अनुदान सम्बद्ध लाभग्राहीसँग हुने अनुदान सम्झौतामा सहयोग पुर्याउने उद्देश्यसहित स्वयंसेवक परिचालन गर्न खोजिएको थियो। तर प्रमुख प्रतिपक्षी दल कांग्रेसले स्थानीय पार्टी समितिलाई स्वयंसेवक परिचालित हुन दिएको निर्देशन कांग्रेसकै कार्यकर्ताले अवज्ञा गरेका थिए।

प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले स्वयंसेवक परिचालन गर्ने वातावरण बन्न नसकेको बताए। ‘भूकम्पलगत्तै राहत र उद्धारमा जसरी सबै पक्ष जुटेका थिए, त्यस्तै वातावरण निर्माण गर्न खोजेका थियौं। यो विषयमा हामी प्राधिकरणमा समीक्षा गर्दैछौं’, थपलियाले भने।

त्रिपालमुनि बसिरहेका भूकम्पपीडितलाई आगामी बर्सात् सुरु हुनुअघि नै व्यक्तिगत वा सामूहिक अस्थायी आवासमा ल्याउन सहयोग गर्ने, समुदायमा विभिन्न कारणले पछाडि परेका घरपरिवारले स्थायी आवास पुनर्निर्माण गर्न चाहेमा सहयोग गर्ने कार्यक्षेत्र स्वयंसेवकका लागि तोकिएको थियो।

सरकारले उपलब्ध गराउने दुई लाख अनुदानका लागि सम्बन्धित गाविस सचिव वा नगरपालिकाका कार्यकारी अधिकृत र सम्बद्ध लाभग्राही घरधनीका बीचमा हुने सम्झौताकार्यमा सहजीकरण गर्ने, अनुदान सम्झौताका क्रममा आउने गुनासालाई व्यवस्थित ढंगले दर्ता गरी नियमअनुसार समाधान गराउने कार्यमा सम्बन्धित गाविस वा नगरपालिका कार्यालयलाई सहयोग पुर्याउने जिम्मेवारी स्वयंसेवकलाई दिने निर्देशिकामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment