Comments Add Comment

दशरथ रंगशालाबाट यसरी जन्मियो नयाँ शक्ति (फोटो फिचर)

Naya-Shakti-at-Dashrath-Stadium
मञ्चबाट सामुहिक सपथ खुवाउँदै डा. बाबुराम भट्टराई

३० जेठ, काठमाडौं । डा. बाबुराम भट्टराईको नेतृत्वमा आइतबार नयाँ शक्ति नेपाल नामको नयाँ पार्टीको जन्म भएको छ । ‘अबको निकास आर्थिक विकास’ भन्ने मूलमन्त्र बोकेको नयाँ शक्तिलाई वैकल्पिक शक्तिको संज्ञा दिइएको छ ।

पार्टी घोषणा कार्यक्रमका लागि देशभरबाट कार्यकर्ताहरुलाई दशरथ रंगशालामा ओसारिएको छ । खचाखच दर्शकहरुमाझ डा. भट्टराईले देशलाई समृद्धितर्फ लैजान नयाँ शक्तिको जन्म भएको बताए ।

Naya Shakti @ Dashrath Rangashalaकार्यक्रममा सहभागीहरुले सामूहिक सपथ खाएका थिए । कार्यक्रममा कलाकारहरुले शिशुको रोदन प्रस्तुत गर्दै नयाँ शक्ति जन्मिएको प्रतिकात्मक शैलीमा नृत्य गरेका थिए ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, राप्रपाका नेता सुनिलबहादुर थापा, नागरिक अगुवा डा. सुन्दरमणि दीक्षित लगायत सहभागी छन् । माओवादी अध्यक्ष प्रचण्ड भने काठमाडौं उपत्यका बाहिर भएकाले कार्यक्रममा उपस्थित भएका छैनन् ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजित राय, जनता दल युनाइटेडका नेता केसी त्यागी तथा ब्राजिल, अमेरिका, बंगलादेश लगायत देशका राजदूतहरु पनि कार्यक्रम सहभागी भएका छन् ।

शुभकामना मन्तव्य राख्ने कार्यक्रमको सञ्चालन करिश्मा मानन्धरले गरेकी छन् ।

Dashrath-Stadium

Karishma Manandhar

Naya Shakti (3)

Ramkrishna Dhakal

Sundar Mani

Sunil Bahadur Thapa

Naya Shakti (5)

Naya Shakti Nepal

तस्वीर : श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment