Comments Add Comment

प्रमुख दलहरुद्वारा नयाँ शक्तिको आर्थिक विकासको नाराको प्रशंशा

Sher-bahadur-Deuba

३० जेठ, काठमाडौं । प्रमुख राजनीतिक दलहरुले डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको नयाँ पार्टी नयाँ शक्ति नेपालको आर्थिक विकासको नाराको समर्थन गरेका छन् । साथै उनीहरुले आर्थिक विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको भन्दै त्यसका लागि पहल गर्न भट्टराईलाई आग्रह गरेका छन् ।

दशरथ रंगशालामा कार्यक्रम गरेर पूर्व प्रधानमन्त्री भट्टराई नयाँ शक्ति नेपाल नामक पार्टी घोषणा गरेका छन् । पार्टी घोषणा कार्यक्रममा भट्टराईलाई शुभकामना दिन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु, कूटनीतिक नियोगका प्रतिनिधि तथा भारतका राजनीतिक दलका प्रतिनिधिहरु समेत रंगशाला पुगेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ शक्तिले आर्थिक विकासलाई जोड दिएको भन्दै प्रशंशा गरे । नयाँ शक्तिले सान्दर्भिक नारालाई ध्यान दिएको भन्दै उनले भने, लोकतन्त्र स्थापना भएको छ । संविधान बनेको छ । अबको आवश्यकता आर्थिक विकास र सम्बृद्धि नै हो ।’

आर्थिक विकास र सम्बृद्धिका लागि मुलुकमा राजनीतिक स्थिरता चाहिने उनले बताए । उनले भने, लगानीको वातावरण चाहिन्छ । स्वदेश तथा विदेशी लगानीको सुरक्षा दिन सक्नुपर्छ । बन्द हडताल भइरहृयो भने कसैले लगानी गर्दैन ।’

उनले लगानीको वातावरण बनाउनेतर्फ पहल गर्न पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईलाई आग्रह गरे ।

Krishna-Bahadur-Mahara

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आर्थिक विकासको नारा ठीक भएको बताए । तर, राजनीतिक अस्थिरता यसको चुनौती भएको भन्दै उनले भने, ‘राजनीतिक कमाण्ड विना आर्थिक विकास सम्भव छैन ।’

राजनीतिक स्थिरता र सन्तुलन कायम गर्न आवश्यक पहल लिन उनले भट्टराईलाई आग्रह गरे । आफूले भट्टराईसँग धेरै काम गरेकेा भन्दै उनले भने, बाबुराम भट्टराईमा काम गर्ने अठोट छ । अब उहाँलाई साथ चाहिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment