Comments Add Comment

निजी सम्पत्ति नजोड्ने बाबुरामको घोषणा, भन्छन्-टीआरसीको निर्णय मान्छु

Baburam Bhattarai

३० जेठ, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रत्येक नेपालीको घर नभएसम्म आफूले निजी घर र सम्पत्ति नजोड्ने घोषणा गरेका छन् ।

पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले निजी सम्पत्ति नजाड्ने घोषणा गरे । आफू आर्किटेक्ट पनि भएको र अप्रत्यक्ष रुपमा धेरै घरको नक्सा कोरेको भन्दै उनले भने, ‘म आज भिष्मप्रतिज्ञा गर्न चाहन्छु, म आफ्नो घरको नक्सा कोर्ने छैन ।’

१० वर्ष जनयुद्ध लडेको र पार्टीमा काम गरेको बाबुराम कसरी नयाँ भयो भन्ने प्रश्न रहेको भन्दै उनले त्यसको जवाफ दिए ।

सामान्य किसान परिवारबाट आएको आफू प्रधानमन्त्री भइसकेको र, त्यो भन्दा ठूलो कार्यकारी पद अर्को नभएको भन्दै उनले भने, ‘मैले लिनु केही छैन । म आफ्नो बाँकी जीवन युवा पुस्ताहरुका लागि र देशका लागि समर्पित गर्न चाहन्छु ।’

आफूले जोखिम उठाएको भन्दै उनले बाँकी जीवन युवा पुस्ताहरुलाई समर्पित गर्छु भन्ने अपराध नभएको बताए ।

जनयुद्धका क्रममा धेरैले ज्यान गुमाएको र त्यसको घाउचोट अझै बाँकी रहेको भन्दै पूर्व माओवादी नेता समेत रहेका भट्टराईले भने, क्रान्तिको नियम निमर्म हुँदोरहेछ । अब इतिहासलाई थाति राखौं । टीआरसी (सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग) मा छाडेका छौं । हामी बचनबद्ध हौं कि त्यसले निश्पक्ष काम गरोस् ।’

उनले अघि भने, टीआरसीको निर्माण मान्न हामी तयार छौं । म मान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment