+
+

अष्ट्रेलियाको राष्ट्रिय जुडो प्रतियोगितामा नेपाली खेलाडीलाई स्वर्ण र कास्य

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३१ गते १०:४८

Mohan and Edmund Yuenअस्ट्रेलियाको जिलोङ शहरमा यही जुन १० तारिख शुरु भएको चार दिने ४१ औं अस्ट्रेलियन राष्ट्रिय जुडो च्याम्पियनसिपमा अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले स्वर्ण पदक जितेका छन् ।

बमले अस्ट्रेलियाको राष्ट्रिय स्तरको टाइटल जितेको याे तेस्रो पटक हो । यस अघि यो किसिमको सफलता उन्ले २०१४ र २०१५ मा पनि हासिल गरेका थिए । २००४ मा १३ बर्षको उमेरदेखि उनले जुडो खेल शुरु गरेका हुन् र नेपाल जुडो च्याम्पियनको उपाधी उनले २०१२ मा हात परेका थिए । मोहनले अस्ट्रेलियामा सेन्सी जुडो एकेडेमी र बेन्डिगो जुडो क्लबमा समेत प्रशिक्षण दिइरहेका छन् ।

मोहनले एडमन्ड युएनसँग मिलेर पुरुष नागे नो कातामा स्वर्ण जितेका हुन् । तीन जोडीले प्रतिस्पर्धा गरेको यो प्रतिस्पर्धा मोहन र एडमन्डले ९० प्रतिशत अंक बटुलेका थिए । उक्त खेलमा रजत पदक बिजेताले र कास्य पदक बिजेताले क्रमश: ७७ र ७४ अंक बटुलेका थिए ।

mohan bombभिक्टोरियास्थित जिलोङ स्पोर्ट्स एरिनामा भइरहेको प्रतियोगितामा अर्का नेपाली खेलाडी खेम भण्डारी थापाले ६० केजी तौलसमूहमा कास्य पदक हासिल गरे । सोमबार सम्पन्न हुने यो खेलमा नेपालीहरुमा यी दुई जना मात्रै सहभागी भएका थिए ।

मोहनले गत बैशाखमा नेपाल जुडो संघ मार्फत १२ औं दक्षिण एसियाली खेलकुद (साग) को जुडोमा स्वर्ण जितेकी फपुल्हामु खत्रीलाई २५ हजार तथा रजत विजेताद्वय लीला अधिकारी र मनीता श्रेष्ठ प्रधानलाई ५–५ हजार नगद पुरस्कार प्रोत्साहन रुवरुप उपलब्ध गराएका थिए ।

मोहन बम, एडमन्ड युएन र खेम भण्डारी थापाको सम्मानमा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले चियापानको आयोजना गरी उनीहरुले प्राप्त गर्नु भएको सफलताको लागि बधाई ज्ञापन गर्दै आगामी दिनमा यस्तै किसिमका सफलता हासिल गर्नका लागि शुभ-कामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?