Comments Add Comment

साढे ६ लाख थियो भूवनको महंगो पारिश्रमिक

buwan kc
नायक भूवन केसीले सवैभन्दा महंगो पारिश्रमिक कति लिएका थिए होलान् ? छोरा अनमोल केसीले पाँचौ चलचित्रमा २० लाख पारिश्रमिक लिइरहँदा भूवनलाई हामीले सोध्यौ ।

भूवनले भने-‘मैले चलचित्र ‘जिद्दी’का लागि साढे ६ लाख रुपैयाँ लिएको थिएँ ।’ भूवनका अनुसार त्यो बेला यो पारिश्रमिक निकै उच्च थियो । भूवनले संझिए-‘१५ हजारमा एक रोपनी जग्गा आउथ्यो । तर, अहिले यस्तो अवस्था छैन ।’ अहिले काम गर्ने अधिकांश नायकको पारिश्रमिक ६ लाख भन्दा कम नै छ ।

भूवनका अनुसार हरेक कलाकारले काम गरे अनुसारको पारिश्रमिक पाउनुपर्छ । जसले गर्दा उसले कुनै पनि चलचित्रमा मन लगाएर काम गर्न सकोस् ।

नायक केसीले ‘जुनी’ चलचित्रबाट करिअर सुरु गरेका थिए । उनले आफूले कथावस्तु अनुसार कलाकार पाएको खण्डमा ह्यान्डसम रकम दिन तयार भएको बताए । भूवनले भने-‘हामी ‘कृ’ नामक चलचित्रका लागि नयाँ नायिका खोजीरहेका छौ । कथावस्तु अनुसारको नायिका पाएको खण्डमा हामी ह्यान्डसम रकम दिन तयार छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment