Comments Add Comment

डेढ लाख बढीलाई परामर्श दिँदै सकियो दशौं इक्यान शैक्षिक मेला

ecan (6)
३१ जेठ, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा भएको दशौं इक्यान शैक्षिक मेला सकिएको छ । राजधानीको भृकुटीमण्डपमा भएको मेलामा १ लाख ५१ हजार भन्दा बढीले अवलोकनसहित परामर्श लिएको आयोजकले जनाएको छ । मेलामा अन्तिम दिन मात्रै ३७ हजार भन्दा बढीले परामर्श लिएका छन् ।

सबै किसिमबाट मेला भब्य रुपमा सफल भएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए । वैदेशिक शिक्षामा बढ्दो नेपाली विद्यार्थीको रुची र त्यसभित्रका अन्तरंग पाटाहरुबारे विद्यार्थीलाई बुझाउन मेलाले ठूलो भूमिका निर्वाह गरेको पाण्डेले बताए ।

इक्यानका महासचिव सन्तोष प्याकुरेल पनि मेला विदेश पड्न जान चाहिने जान आवश्यक योग्यता, त्यसको भिसा प्रोसेसिङ, अमेरिकामा करियर अपर्चुनिटी र यसका लागि आफूले गनुपर्ने तयारी लगायतका विषयमा ज्ञान बाँड्ने र लिने उत्कृष्ट थलो बनेको बताउँछन् ।

‘यसपाली परामर्श लिने अभिभावक र विद्यार्थीको संख्या उल्लेख्य रुपमा बढी रह्यो’ महासचिव प्याकुरलले भने-‘वैदेशिक अध्ययनका बारेमा बाहिर अफवाहहरु रहेका कारण अभिभावक नै विद्यार्थी लिएर विदेशी शिक्षाको बारेमा जान्न आउन थालेको पाइयो ।’

महासचिव प्याकुरेल
महासचिव प्याकुरेल

एउटै ठाउँमा, एकैपटक विभिन्न देश, विश्वविद्यालय र अवसरहरुबारे तुलनात्मक रुपमा विद्यार्थीले परामर्श लिन पाएकाले मेला विशेष भएको उनको भनाइ छ । उनले वैदेशिक शिक्षाका बारेमा रहेका भ्रमहरु चिर्न मेला सफल भएको बताए ।

मेलामा सहभागी परामर्शदातृहरु सबै इक्यानका सदस्य र सरकारबाट मान्यता प्राप्त भएकाले विद्यार्थीलाई दिइएको परार्श विश्वसनीय गुणस्तरीय भएको महासचिव प्याकुरेलले बताए ।

‘मेलाले धेरै विद्यार्थीलाई एकैपटक उत्कृष्ट किसिमबाट विदेश जाने प्रक्रिया, त्यहाँको शैक्षिक अवस्था र विद्यार्थीको भविष्यबारे प्रष्ट पारिएको छ’ उनले् भने-‘मेला खास उद्देश्य पुरा गरेर समापन भएको छ ।’

‘यसवर्ष अष्ट्रेलियासहित विभिन्न देशकोको नयाँ भिसा पोलिसीबारे पनि मेलमा जानकारी लिने धेरै थिए । अमेरिकी दूतावासले कागजातबारे गरेको नयाँ व्यवस्थाका विषयमा पनि जान्न खोज्ने विद्यार्थी मेलामा ठूलो संख्यामा आए’ उनले भने ।

अघिल्ला वर्ष भन्दा यसवर्ष मेलमा सहभागी हुने विद्यार्थीहरु बढी सजग र सचेत पाइएको मेलाका संयोजक रमेश वाग्लले बताए ।  मेला विदेशमा पढ्न जानेबारे कुनै ज्ञान नै नभएकादेखि पूर्ण जानकारी भएकाहरुका विद्यार्थी लागि समेत ज्ञान बुटुल्ने ठाउँ बनेको वाग्लेको भनाइ छ ।
ecan (7)‘मेला अभिभावक र विद्यार्थीका लागि विदेश अध्ययन गर्न जानेबारे सबैभन्दा उपयुक्त ठाउँ बन्यो’ वाग्लेले भने ।  मेलामा स्टल मात्रै पनि २ सय २५ थिए भने पेभिलियन १७ वटा थिए । विदेशी कलेजको सहभागिता पनि यो वर्ष धेरै छ ।

मेलामा अष्ट्रेलियाका १८ र न्यूजिल्याण्डको आठ वटा शैक्षिक संस्थाले इक्यानमार्फत सहभागिता जनाएका थिए । भारत, जापान लगायतबाट पनि शैक्षिक संस्थाले मेलमा परामर्श दिए ।

चीन, बांगलादेश, फ्रान्स, बेलायत, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु पनि सहभागी थिए ।

मेलाको पूर्वप्रधानमन्त्री झलनाथ खनाालसहित महानायक राजेश हमाल, क्रिकेट कप्तान पारस खड्का लगयात उच्च पदस्थ अधिकारी र सेलिब्रेटिहरुले पनि अवलोकन गरेका थिए ।

ecan (1)
ecan fair saixik mela (1)
ecan (4)
ecan (3)
ecan (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment