Comments Add Comment

युरोकपमा इटालीको उत्कृष्ट सुरुवात, बेल्जियम २-० ले पराजित

गत संसकरणको उपबिजेता इटालीले फ्रान्समा जारी युरोकप अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा बेल्जियमलाई दुई शून्य गोलले हराएको छ ।

Italy-Goalग्रुप अफ डेथ मानिएको समूह ‘इ’ अन्तर्गतको खेलमा फ्रान्सको ल्योनस्थित अेालम्पिक रंगशालामा इटालीले बेल्जियमलाई आश्चर्यजनक रुपमा दुई शून्य गोलले हराएको हो । बेल्जियम जारी युरोमा सबैभन्दा उच्च फिफा र्‍याङकिङ भएको टोली हो ।

४६ बर्षीय प्रशिक्षक एन्टेनियो कोन्टेको टोलीले खेलको ३२औं मिनेटमै अग्रता लियो । लियोनार्दो बोनुक्कीले मिलाइदिएको पासमा जीचेरिनीले गोल गर्दै इटालीलाई अग्रता दिलाए । पहिलो हाफमा इटालीले उत्कृष्ट प्रदर्शन गर्दा बेल्जियमले डरलाग्दो आक्रमण बुन्न सकेको थिएन ।

तर दोस्रो हाफमा बेल्जियमले उत्कृष्ट प्रदर्शन गरेपछि गोल भने गर्न सकेन । रोमेलु लुकाकु, माइकल फेलिनी, इडेन हाजार्ड लगायतका खेलाडीहर पाएका अवसरमा चुकेका थिए ।

खेलको अन्त्यतिर इटालीले दोहोरो अग्रता लियो । बेल्जियमले काउण्टरमा गोल खान पुग्यो । यसपटक ग्राजीयानो पेल्लेले गोल गर्न सफल भए । एन्टोनियो कान्द्रेभाको क्रसलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए ।

समूहको कठीन प्रतिद्वन्दीलाई पराजित गरेसँगै इटालीका लागि युरोकपमो नकआउट चरणको यात्रा सहज बन्ने निश्चित छ । यता प्रतियोगितामा रहिरहन बेल्जियमलाई भने आयरल्याण्ड र स्वीडेनसँगका खेलहरुमा सुखद नतिजा ल्याउनु अपरिहार्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment