+
+
Shares

एनसेलमा आक्रमण गरेको आरोपमा विप्लव माओवादीका जिल्ला नेता पक्राऊ

 सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७३ जेठ ३२ गते १५:२१

३२ जेठ, पोखरा । प्रहरीले कास्कीको भरतपोखरी र ढिकुरपोखरीमा रहेको एनसेलको टावरमा आगजनी गरेको भन्दै विप्लव माओवादीका जिल्ला नेता गोविन्द ओली ‘सविन’लाई पक्राउ गरेको छ । ओली विप्लव नेतृत्वको नेकपा माओवादीका कास्की जिल्ला सदस्य हुन् ।

biplabआइतबार एनसेलको टावर आगजनी गर्दा संलग्न भएको भन्दै उनलाई विप्लव नेतृत्वको नेकपा माओवादीको कार्यालय अगाडिबाट सोमबार अपरान्ह ५ बजे पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्रचार्यले जानकारी दिए । पक्राउ परेका ओलीमाथी अनुसन्धान भइरहेको उनले बताए ।

यसैबीच, नेकपा माओवादी कास्कीले ओली पक्राउ परेको पुष्टी गर्दै रिहाईको माग गरेको छ । माओवादी कास्कीका सेक्रेटरी पूर्णजित पुनले मंगलबार विज्ञप्ती प्रकाशित गर्दै राजनीतिक पूर्वाग्रहको आधारमा बिना कारण ओलीलाई पक्राउ गरेको दाबीसहित तत्काल रिहाईको माग गरेका हुन् ।

विज्ञप्तीमा निर्दोष ओलीमाथी झुठा मुद्दा लगाई फसाउने कार्य भए संघर्षमा उत्रिने चेतावनी दिँदै त्यसबाट उत्पन्न परिस्थितिको जवाफदेही सरकार हुनुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?