Comments Add Comment

‘मलाई अमेरिका यहि’ गीतलाई छिन्नलता पुरस्कार

pasupati-sharma-2काठमाडौं । लोक दोहोरी गायक पशुपति शर्माको ‘मलाई अमेरिका यहि’ गीतलाई छिन्नलता पुरस्कार दिईने भएको छ । पशुपति शर्मा र सीता केसीको स्वर रहेको उक्त गीत निकै चर्चित भएको थियो ।

विदेशमा हैन स्वदेशमै श्रम र सीप प्रयोग गरौं भन्ने आशय रहेको उक्त गीतलाई स्वदेश एवं विदेशमा बस्ने दर्शकले निकै मन पराएका थिए ।

दर्शकले मनपराएको गीतलाई छिन्नलता पुरस्कार गुठिले पुरस्कृत गर्ने खबर सुनाउदा आफुलाई निकै खुसी लागेको प्रतिक्रिया दिए पशुपतिले । ‘हाम्रो गीतलाई पुरस्कृत गर्ने निर्णय गरिएछ निकै खुसी लागेको छ ।’अनलाइनखबरसँग कुरा गर्दै पशुपतिले भने । लोकगीतमा ठेड नेपाली शब्द प्रयोग गर्दै आएका शर्माले पुरस्कारले उत्साह बृद्धि हुने धारणा राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment