+
+
Shares

कार दुर्घटनापछि पशुपति शर्मा : ग्रह कट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक पशुपति शर्मासहितका अन्य गायकहरू स्याङ्जाको भीरकोट नगरपालिका-२ मा बुधबार कार दुर्घटनामा परेका छन्।
  • पशुपतिले देब्रे हातको कान्छी औंला भाँचिएको र ब्यान्डेज बाँधेको बताएका छन्।
  • गायक शिव हमालले दुर्घटना सामान्य भएको र स्लिप खाएको बताएका छन्।

काठमाडौं । कार दुर्घटनापछि गायक पशुपति शर्मासहितका अन्य गायकले आफूहरू ठीक रहेको बताएका छन् । प्राप्त भिडियोमा पशुपतिको देब्रे हातमा ब्यान्डेज बाँधेको देख्न सकिन्छ ।

बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका-२ मा उनीहरू सवार कार दुर्घटना हुँदा शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको थियो । चोट लागेको हातमा उनले ब्यान्डेज बाँधेका छन् ।

पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो । उक्त कारमा पशुपतिसहित लोकगायक शिव हमाल र घनश्याम रिजाल पनि सँगै थिए ।

प्राप्त भिडियोमा गायक हमालले स्लिप खाएर कारको सामान्य दुर्घटना भएको बताएका छन् । भिडियोमा कुरा गर्दै पशुपतिले दुर्घटनापछि ग्रह कटेको बताएका छन् ।

‘ग्रह कट्यो । सामान्य चोट मात्र लागेको हो । घाँस काट्दा हात काटेजस्तो हो । नर्मल एक्सिडेन्ट हो, स्लिप खाएको हो’ उनले भनेका छन् ।

उनीहरू सांगीतिक प्रस्तुतिको लागि स्याङ्जा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?