Comments Add Comment

साताव्यापी चीन भ्रमण सकेर उपराष्ट्रपति पुन आज स्वदेश फर्कदै

nandabahadur pun_china२ असार, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन साताव्यापी चीन भ्रमणमा सकेर आज स्वदेश फर्कदै छन् । उनी आज दिउँसो सवा ३ बजे चाइना इस्टर्न एयरलाइन्सको उडानबाट स्वदेश फर्कन लागेका हुन् ।

स्वदेश फर्कनु अघि उपराष्ट्रपति पुन आज बिहान चीनको शी स्वाङबाट एक घण्टाको उडानमा कुन्मिङ र कुन्मिङबाट अपरान्ह स्वदेश फर्कन लागेका हुन् ।

चीनको औपचारिक भ्रमणका क्रमा उपराष्ट्रपति पुनले बुधबार यून्नान प्रान्तको आदिवासी जनजाति स्वशासित क्षेत्र शी श्वाङ पान्नामा रहेको ट्रपिकल बोटानिकल गार्डेनको भ्रमण गरेका थिए ।

चिनियाा साईन्स एकेडेमीले बनाएको उक्त गार्डेन चीनको एकमात्र बोटानिकल गार्डेन हो । उक्त गार्डेनमा १३ हजार प्रजातिका बोट विरुवा रहेका छन् । जहाा एक हजार मानिसले काम गरिरहेका छन् ।

बुधबारै उपराष्ट्रपतिले हृवानङ लायनछाङ नदिमा बााध बाधेर निर्माण गरिएको १ हजार सात सय ५० मेगावाटका विद्युत उत्पादन स्थलको अवलोकन गरेका थिए ।

चौथो चीन दक्षिण एशिया एक्स्पो तथा २४ औा चीन कुन्मिङ आयात निर्यात व्यापार मेलाको उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा सहभागी हुन पुनलाई चीनले निम्तो गरेको थियो ।

२८ जेठमा कुन्मिङ पुगेका उपराष्ट्रपतिले ३० जेठमा चीन दक्षिण एशिया एक्स्पो र सोही दिन आयोजित ११ औा चीन दक्षिण एशिया बिजनेश फोरमलाई सम्बोधन गरेका थिए । पुनले चीन भ्रमणका क्रममा चीनका उपप्रधानमन्त्री वाङ याङले उपराष्ट्रपतिसाग शिष्टाचार भेट गरेका थिए ।  भेटका क्रममा चीनका राष्ट्रपति शि जिनपिङलाई नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले पठाएको निमन्त्रणा पत्र उपराष्ट्रपतिले चीनका उपप्रधानमन्त्रीमार्फत हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment