Comments Add Comment

एसएलसी नतिजाको ग्रेड बुझ्नु भएन ? यहाँ हेर्नुहोस्

२ असार, काठमाडौं । एसएलसीको ८२ वर्षे इतिहासमा पहिलोपटक अक्षराङ्क अर्थात ग्रेडिङ प्रणालीबाट ‘ए प्लस’देखि ‘ई’सम्म ९ वटा ग्रेडमा नतिजा सार्वजनिक गरिएको छ ।

पास वा फेल केही नभनी सार्वजनिक गरिएको नतिजामा ग्रेड त छुटि्टयो तर कति नम्बर आयो भन्ने कुरा स्पष्ट उल्लेख छैन, जसले गर्दा कतिपय विद्यार्थी र तिनका अभिभावकलाई बुझाइमा केहि कठिनाइ भएको छ ।

यो कठिनाइ हटोस् भन्ने उद्देश्यले ग्रेडिङ सिस्टमलाई हामीले स्पष्ट पार्ने कोशिस गरेका छौं । स्पष्ट हुन तलको इन्फोग्राफिक्समा एसएलसी परीक्षाको नतिजा हेर्नुहोस् ।

SLC_Result_2072_Regular

SLC_Result_2072_Partial

उदाहरणका लागि ३.६ देखि ४ भन्दा माथि तपाईंको ग्रेड प्वाइन्ट एभरेज (जीपीए) आयो भने बुझ्नुपर्छ तपाईंको नतिजा अति उत्तम छ र तपाईंले ९० देखि १ सय अंकको बीचमा नम्बर पाउनु भएको छ । यो भनेको तपाईंले ए प्लस ग्रेड ल्याउनु भएको छ ।

यसैगरी ३.२ देखि माथि र ३.६ भन्दा कम तपाईंको जीपीए आएको छ भने यो ए ग्रेड हो ।

यो पनि पढ्नुहोस्

एसएलसी नतिजाः हेर्नुस् तपाईं कुन विषय पढ्न योग्य ?

एसएलसीको मार्कसिटमा विषयगत अंक नहुने (नमूनासहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment