+
+
Shares

२००८ को फाइनल ‘रिप्ले’ हेर्ने धोको छः विशाल राई

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३ गते १४:५८

सन् २००८ को युरोकपको फाइनलमा स्पेन र जर्मनी आमने सामने भएका थिए । जुन खेलमा स्पेनले जर्मनीलाई हराएको थियो ।

Bishal-Raiनेपाली टोलीका अहिलेका मिडफिल्डर विशाल राईले त्यतिबेला फुटबल बुझ्न थालेका थिए र स्पेन उनको मनपर्ने टोली थियो । फर्नाण्डो टोरेस मनपर्ने खेलाडी हुनुका नाताले उनैको गोलले स्पेनले ४४ बर्षपछि युरोकपको उपाधि जितेको हेर्न पाउँदा उनी कम्ता हर्षित थिएनन् ।

त्यसयता विश्वस्तरीय ठूला प्रतियोगितामा उनले स्पेनको समर्थन गर्दै आएका छन् । स्पेनले सन् २०१० को विश्वकप तथा २०१२ को युरोकपको उपाधि रक्षा गर्दा स्पेनका समर्थक उनी खुसी नहुने कुरै थिएन । ब्राजिल विश्वकपमा गरेको खराव प्रदर्शनलाई बिर्सिने हो भने स्पेनले पछिल्लो १० बर्षमा विश्व फुटबलमा देखाएको प्रदशर्न अविस्मरणीय छ ।

फ्रान्समा जारी युरोकपको १५औं संस्करणमा पनि बिशालको समर्थन स्पेनलाई छ । उनी स्पेनको मौलिक खेलशैली ‘टिकिटाका’ बाट प्रभावित छन् । स्पेनको खेल प्रभावका कारण नेपाली टोलीका मिडफिल्डर विशाल पनि सर्टपासमा माहिर मानिन्छन् ।

फर्नान्डो टोरेस टोलीमा नरहँदा यस युरोमा सिशालको मनपर्ने खेलाडी सेस फेबि्रगास हुन् । स्पेनिस प्लेमेकर आन्द्रेस इनिएष्टापनि उत्कृष्ट लाग्छन् ।

उनले भने, ‘स्पेनिस टोलीका यी दुई अनुभवी प्लेमेकरले यस युरोमा उसको भविश्य निर्धारण गर्नेछ ।’ यसका अलावा इंग्लिस क्लव आर्सनल तथा जर्मनीका स्टार मिडफिल्डर मेसुट ओजिलको खेलकलाले पनि उनलाई मोहित पार्ने गर्छ ।

राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका विशालले यस युरोका सबै खेल हेर्न पाएका छैनन्, भन्छन्, ‘साँझका खेलहरु हेरेको छु, तर, मध्यरातका खेलहरु हेर्न भ्याएको छैन, बिहानै ट्रेनिङमा जानुपर्छ ।’

तर साप्ताहन्तमा भने साथीहरुसँग मिलेर बाहिर जाने योजना उनले सुनाए । भने, ‘म मनाङ क्लबमै बसेको छु । अरुदिन ट्रेनिङ भएपनि साताको अन्त्यमा बाहिर हेर्न जान फुर्सद हुन्छ, आज हुने स्पेनको खेलपनि बाहिर गएर हेर्ने योजना छ ।’

यसपटकको युरोमा उनले स्पेन, जर्मनी, फ्रान्स र बेल्जियमले सेमिफाइनल खेल्ने अनुमान गरेका छन् । फाइनलमा स्पेन र जर्मनी खेलेको हेर्ने उनको चाहना छ । किनकि २००८ को इतिहास दोहोरिएको हेर्ने उनको धोको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?