+
+
Shares

उपत्यकामा कहाँ हुन्छ धेरै दुर्घटना ?

उपत्यकामा दैनिक १५ दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ४ गते ६:५५

Car-and-Motercycle-Accident४ असार, काठमाडाैं । उपत्यकामा दैनिक १५ दुर्घटना हुने गरेका छन् । हरेक महिना राजधानीमा हुने दुर्घटनामा १० देखि २५ ले ज्यान गुमाउने गरेका छन् । वैशाखमा मात्र पाँच सय ९६ दुर्घटना भएकोमा १८ को मृत्यु भएको थियो भने ३० गम्भीर घाइते भएका थिए । त्यस्तै, तीन सय ८० जना साधारण घाइते भएका थिए ।

 उपत्यकामा दिउँसो १२ देखि साँझ ६ बजेसम्म धेरै दुर्घटना हुने गरेका अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

कहाँ हुन्छ धेरै दुर्घटना ?

काठमाडौंमा कलंकी, सीतापाइला, नयाँ नैकाप, बालाजु, बाँसबारी, चन्डोल, बत्तीसपुलती, सिनामंगल, कोटेश्वर, हलचोक, चाबहिल, माछापोखरी, बबरमहल, नागढुंगा, जोरपाटी ओरालो तथा बूढानीलकण्ठको चपली घुम्ती धेरै दुर्घटना हुने स्थानमा पर्छन् ।

ललितपुरमा धोबीघाट चोक र हात्तीवनलाई ट्राफिक प्रहरीले ब्ल्याक स्पटका रूपमा राखेको छ । भक्तपुरको एसओएस चोक र लोकन्थलीदेखि मनहरा पुलबीचको सडकखण्डमा धेरै दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?